site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
बलिउड फ्लासब्याकः राज कपूर ‘लभस्टोरी’
Sarbottam CementSarbottam Cement

काठमाडौं । आज बलिउड फ्लासब्याकमा हामी यस्तो लभस्टोरी (प्रेमकथा) का बारेमा बताउछौँ । जसमा प्रेम भयो, प्रतिज्ञा भयो तर प्रेमजोडी एक हुन सकेनन् । यो कथा हो नरगिस र राज कपुरको महान् मायाको । 

सन १९४६ मा राज कपुरले चलचित्र ‘आग’ को निर्देशन सुरु गरेका थिए । यो चलचित्रका लागि राज कपुर स्टुडियोको खोजीमा थिए । नरगिसकी आमा जद्दन बाई मुम्बईको ‘फेमस स्टुडियो’ मा रोमिया–जुलियट बनाउँदै गरेको उनलाई थाहा भयो । 

\"\"उनी फेमस स्टुडियोका बारेमा जान्न चाहन्थे । यसैले उनी जद्दन बाईको घर पुगे । राज कपुरलाई थाहा थिएन । उनको जीवनमा एउटा नयाँ मोड आउँदैछ भनेर । त्यो दिन जद्दन बाई घरमा थिइनन् । घरको ढोका उनकी छोरी नरगिसले खोलिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नरगिस अत्यन्दै सुन्दरी थिइन् । यो पहिलो भेटले दुबैको जीवनमा परिवर्तन आयो । यो भेटले राज कपुरलाई यति सारो असर परेछ कि उनले २७ वर्षपछि चलचित्र ‘बबी’ मा हुबहु चित्रण गरिदिए । 
पहिलो भेटमा नै दुईले एकअर्कासँग मन साटेछन् । यो समय नरगिस के सोचिरहेकी थिइन् भन्ने बारे लेखक टीजेएस जर्जको पुस्तक ‘द लाइफ एण्ड टाइम अफ नरगिस’ मा उत्कृष्ट बयान गरेका छन् ।

यो भेटका बारेमा नरगिसले आफ्नी साथी नीलमलाई भनेकी थिइन्, “निली आँखोवाला एक मोटा सा पिंकी घर आया था” (निलो आँखा भएको एउटा मज्जाको गुलाब घर आएको थियो ।)
वास्तवमा त्यो दिन दुईबीच कुनै कुराकानी भएको थिएन । राज कपुर नरगिसलाई घरमा एक्लै देखेर अताल्लिएका थिए र, फर्किहालेका थिए । 
नरगिससँगको भेटपछि उनी सिधा इन्दरराज आनन्दको घर पुगेका थिए ।

Global Ime bank

इन्दरले नै चलचित्र ‘आग’ को स्क्रिप्ट लेखेका थिए । उनले इन्दरलाई कुनै प्रकारले स्क्रिप्टमा नरगिसको भूमिका जोडिदिन भनेका थिए । किनकी उनी नै यो चलचित्रको हिरोइन बन्दैछिन् ।

\"\" यसपछि राज कपुर पुनः नरगिससँग भेटिए । र, उनलाई चलचित्र ‘आग’ को लागि साइन गराए । 
यो चलचित्र सन १९४९ मा रिलिज भयो । तर, बक्स अफिसमा धेरै सफल हुन सकेन । तर, राज कपुर र नरगिसको मनमा मायाको आगो भने लागिसकेको थियो । 
नरगिस पनि राजलाई मन पराउन थालिसकेकी थिइन् । राज कपुर विवाहित भएपनि नरगिससँग राज कपुरको सम्बन्ध रिलबाट निस्किएर रियलतर्फ अघि बढिसकेको थियो ।

अब नरगिस उनको जीवनको महत्वपूर्ण अंग बनिसकेकी थिइन् । 
दुईको प्रेमकथाबाट उनको परिवार रिसाएका थिए । कैयौँ पटक दुईलाई भेट्न समेत रोकिएको थियो । तर, प्रेमका यी पंक्षीले हरेक बन्धनलाई तोडिदिएका थिए ।

नरगिसले अर्को चलचित्र ‘बरसात’ मा राज कपुरसँग काम गरिन् । यो समय सम्म पनि नरगिसले सोचिसकेकी थिइनु उनको भविष्य सम्पूर्ण रुपले राज कपुरको साथै छ ।  
अमर उजालाबाट 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७३  ०१:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय