site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्यका अन्य सेवासँगै प्रयोगशालालाई पनि सुविधासम्पन्न बनाउनुपर्ने बताएकाछन् । यसका लागि पूर्वाधार विकास र जनशक्तिको सँगै विकास गर्नुपर्ने उनको भनाइ छ । 

स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नवनिर्मित भवन ‘नेशनल सेन्टर फर इन्फेक्सन डिजिज’ को उद्घाटन गर्दै स्वास्थ्यमन्त्री थापाले प्रयोगशालालाई सबैको पहुँचमा पुर्‍याउन पाँच अञ्चल अस्पतालमा प्रयोगशाला सुरु गर्ने र सुरु भएको अस्पतालमा सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

कोसी अञ्चल अस्पताल, पश्चिमान्चल क्षेत्रीय अस्पताल, भेरी अञ्चल अस्पताल, सेती अञ्चल अस्पताल र जनकपुर अञ्चल अस्पतालमा क्षेत्रीय प्रयोगशालालाई बिस्तार गर्ने योजना रहेको र प्रदेश नम्बर ६ मा कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । 

यसैगरी, १३५ स्वास्थ्य केन्द्रमा पनि ल्याब सेवा सुरु गर्ने र सुरु भएका स्थानमा अझ स्तरीय सेवा दिने तयारी मन्त्रालयले गरेको मन्त्री थापाले बताए । 

Global Ime bank

उनले भने “हामीसँग रु ६० अर्ब हुने हो भने स्वास्थ्य सेवाका लागि सम्पूर्ण प्रयोगशालासहितको सुविधा बिस्तार गर्न सकिन्छ । हामीले सोहीअनुसार काम गर्ने हो भने स्वास्थ्यमा फड्को मार्न सकिन्छ ।” 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशिका डा गीता शाक्यले नयाँ भवनमा सङ्क्रामक रोगको निदान, अन्वेषण, अनुुसन्धान र प्रकोपको अनुसन्धान गर्ने काम हुने जानकारी दिए। 

सो भवनमा बिस्तारित परीपक्ष सेवामध्ये प्रकोपजन्य रोगको अनुसन्धानलाई समयसापेक्ष छिटो र भरपर्दो तथा गुणस्तरीय सेवा प्रदायक, अत्याधुनिक, वैज्ञानिक बायोसेफ्टी लेभल २ उपकरण जडान गरिएको मोबाइल प्रयोगशाला जडान गरिएको निर्देशक शाक्यले बताए । 

विसं २०६९ फागुन १० गते शिलान्यास गरिएको सो भवन रु छ करोड ९३ लाखको लगानीमा निर्माण गरिएको हो । रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २, २०७३  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय