site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
हामीले कसैको अहित हुने संविधान बनाएका छैनौँ, त्यसैले अरुको स्वागत वा सम्मान खोजिरहन पर्दैन 
Sarbottam CementSarbottam Cement

भारतका लागि नेपाली राजदूत दीप कुमार उपाध्याय दोस्रोपटक नियुक्त भएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न लागिपरेको भन्दै उनलाई तत्कालिन सरकारले फिर्ता बोलाएको थियो । तर पछि कांग्रेस–माओवादी गठबन्धनमा बनेको सरकारले भारतका लागि राजदूतमा उनैलाई पठाउने निर्णय गर्यो । 
भारतका लागि नेपालका राजदूत उपाध्यायसँग नेपाल–भारत सम्बन्ध, विगतमा देखिएको तिक्ततापूर्ण अवस्था, अहिलेको सन्दर्भ लगायतका विषयमा बाह्रखरीका लागि भारतमा रहेका पत्रकार सन्जय पन्थीले गरेको कुराकानीको अंशः

राजदूतमा तपाईंको यो पटकको नियुक्तिलाई निरन्तरता मान्ने कि दोस्रो कार्यकाल भन्ने ?
नयाँ प्रक्रियाबाट भएपछि त दोस्रो कार्यकाल मान्नुपर्ने हैन र ? वर्तमान सरकारले क्याबिनेटबाट निर्णय गरेर संसदीय सुनुवाइ नै गरेर नियुक्त गरेको सबैलाइ विदित नै छ । त्यसैले यो नियुक्तिलाई दोस्रो कार्यकाल भन्ने गरेको छु । 

एक वर्षकै अन्तरमा दोस्रो कार्यकालका लागि राजदूत भएर उही देशमा उही जिम्मेवारीका साथ आउँदाको अनुभव कस्तो रह्यो ?
यसलाई अफवाह वा नियति भनाैँ, जे नहुनुपर्थ्यो, त्यो भयो । मैले त पुरानो कुरा बिर्सिसकेँ । सम्झिएर पनि काम छैन । इतिहास नै हेर्ने हो भने दोस्रो कार्यकालका लागि उही व्यक्ति पुनः नियुक्त भएर आएको संयोग विरलैमात्र रहेछ । त्यही विरलै संयोग मेरो कार्यकालमा पनि हुन पुग्यो । 
हामी राजनीतिकर्मीको जीवनमा यस्ता घटना भइ नै रहन्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

स्वभाविक पनि हो, एउटा सरकारले गरेको नियुक्ति अर्काेले बदर गर्नुलाई अन्यथा पनि लिनु हुँदैन जस्तो लाग्छ । हालै अमेरिकी राष्ट्रपतिको निर्वाचनपछि नयाँ राष्ट्रपतिले पनि करिब सबै देशका राजदूतलाई फिर्ता बोलाएको समाचार आएको छ ।

त्यसैले पनि मप्रति जुन घटना भयो, त्यसलाई सामान्य रूपमा लिन आग्रह गर्छु । तर, तत्कालिन सरकारले गरेको व्यवहार अलि सन्तुलित र मर्यादित भएन भन्ने मेरो बुझाइ रह्यो ।

Global Ime bank

त्यसले समाज र देशलाइ नै घाटा गर्यो । हाम्रो छवि धमिलियो कि भन्ने मेरो बुझाइ छ ।   
मेरो नियुक्तिको सन्दर्भमा भन्नुपर्दा मैले त दोस्रो कार्यकालका लागि म नै हुनुपर्छ र हुन्छु भन्ने अपेक्षा पनि गरेको थिइनँ । जतिबेला सरकारले मलाई दोस्रो कार्यकालका लागि निर्णय गर्यो, त्यतिबेला म अमेरिकामा थिएँ ।

एक्कासि फोन गयो, तपाईंलाई हामीले फेरि भारतका लागि राजदूत नियुक्त गर्दैछौं, आउनुपर्यो भनियो । मैले त्यतिबेला पनि भनेको थिएँ, मलाई नै किन र ? अरुलाई गरे पनि हुन्छ । तर पनि स्वयं प्रधानमन्त्रीले नै तपाईंबाहेक अरु हुँदैन भन्नुभएको छ, त्यसैले तपाईं आउनुपर्छ भनियो । अनि म आफ्नो पारिवारिक भेटघाट छोट्याएर नेपाल फर्किएको हुँ । 

त्यसपछि संसदीय प्रक्रिया सुरु भयो । अनुमोदन पनि भएपछि म पुनः नयाँ कार्यकालको जिम्मेवारीमा फर्किएको हो । भारतसँगको सम्बन्धका बारेमा मैले भनिरहनु परेन । हामी भौगोलिक दूरी, सामाजिक र सांस्कृतिक कारणले कति नजिक छौं भन्ने कुरा ।

तर पनि पछिल्लो पटक केही अप्ठ्यारो अवस्था सिर्जना भएको हो । त्यसलाई समाधान गर्न मैले खेलेको भूमिकालाई यो सरकारले मूल्यांकन गरेर नै मलाई यो जिम्मेवारी दिएको हो । आफ्नो जिम्मेवारी पूरा गर्न म सधैं कटिबद्ध छु । सम्बन्ध सकारात्मक रूपमा अघि बढिरहेको छ ।

भारतसँगको सम्बन्ध नयाँ दिशामा अघि बढाउन आवश्यक छ । साथै दुवै देशका लागि सकारात्मक संलग्नताका साथ अघि बढ्नुको विकल्प पनि छैन । अत्यन्त शान्त र मर्यादित रूपमा हामीले एक अर्कालाई सम्मान गर्न आवश्यक छ । त्यसैमा दुवै देशको हित र कल्याण छ ।  

सम्बन्ध त सधैं सकारात्मक हुनुपर्ने होइन र ? अझ रोटी–बेटीकै सम्बन्ध भएको देशसँग !
हो, तर पनि कहिलेकाहीँ नसोचेका घटना हुँदा रहेछन् । यसलाई पाठका रूपमा सिकेर आगामी दिनमा यस्तो नहोस् भन्ने किसिमले काम गर्न सक्नुपर्छ । त्यस घटनालाई मैले पनि पाठका रूपमा लिएर काम गरिरहेको छु ।

कला, कौशल र चातुर्यलाई ध्यान दिँदै दुई देशबीच सम्बन्ध कायम गर्नु राजनीति, सरकार र कूटनीतिक प्रतिनिधिको काम र कर्तव्य हो । कला, कौशल र चातुर्य मुलुकको हितका लागि हुनुपर्छ भन्ने मेरो मान्यता हो । त्यही मान्यतालाई ध्यान राख्दै जिम्मेवारी निर्वाह गरिरहेको छु ।

नेपालको नयाँ संविधान आएपछि बुझाइमा एकपक्षीयताका कारण नेपाल–भारत सम्बन्धमा उत्पन्न घटनालाई दुवै देशले आ–आफ्नै किसिमले ‘रियलाइजेसन’ गरेको अवस्था छ । त्यसैले विगतलाई कोट्याउनु भन्दा पनि वर्तमानको आधारमा भविष्यका लागि अघि बढ्न सक्नुपर्छ । मैले त्यसरी नै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छु । 

कला, कौशल र चातुर्यको कुरा गर्नुभयो । मुलुकको नेतृत्वप्रति लक्षित गर्नुभएको हो ?
त्यसरी एकपक्षीय रूपमा नेतृत्वप्रति मात्र लक्षित नगरौं । यो हामी सबैले ध्यान दिनुपर्ने कुरा हो । एउटा राजदूतले परराष्ट्र मन्त्रालयमात्र नभएर राजनीतिकर्मीदेखि लिएर नागरिक तहसम्म सबैले त्यो निपुर्णता प्रदर्शन गर्न आवश्यक छ ।

मुलुकको गरिमा, इतिहास र स्वाभिमानलाई ध्यान दिऊँ । एक अर्काे देशसँगको सम्बन्धका बारेमा सबैले आ–आफ्नो स्थानमा परिपूरक भएर काम गरौं, ‘इभन’ मिडियाले पनि । हिनताबोध र लघुताभासबाट हामी माथि उठ्न आवश्यक छ ।

हामीले आफ्नो संविधान पनि आफैँ बनाएको अवस्था छ । अपूर्णताबाट पूर्णतातर्फ लम्किरहेको बेलामा हामीले इतिहासलाई स्मरण गर्दै अगाडि बढ्न सक्नुपर्छ । शान्ति, स्थिरता र आर्थिक समृद्धिको दिशामा हामी अघि बढ्नु छ । हाम्रा दुई छिमेक आर्थिक समृद्धिको दिशामा अघि बढेका छन् ।

त्यो नेपालका लागि सौभाग्य हो, उनीहरूको त्यो समृद्धिको फाइदा हामीले लिन सक्नुपर्छ । 
हाम्रो लगनशिलता र सहिष्णुताबाट विश्व जनमानस परिचित भइसकेको छ । जस्तै पीडामा पनि हाँस्न सक्ने हाम्रो राष्ट्रिय गुण छ, त्यसलाई कायम राख्दै आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको आवश्यकता हो ।

नेपाल प्रकृतिको वरदान प्राप्त मुलुक हो । म त भन्छु, भू–स्वर्ग नै हो । त्यो महिमालाइ खै त हामीले बझ्न सकेको ? त्यो यथार्थलाई सबैले मनन् गरौँ । त्यसका लागि मैले आफ्नो बुद्धि, विवेक र लगनशिलता खर्चिएको छु, जसले गर्दा मुलुकको समृद्धिको एउटा भए पनि इँटा थप्न सकियोस् ।

छिमेकीसँगको सम्बन्धको कुरा गर्दा हामी जति भारतसँग नजिक छौँ, त्यति चीनसँग भू–परिवेशका कारण नजिक हुन सकिरहेका छैनौं । नजिक रहेको भारतले हाम्रा परिवर्तनहरूलाई संस्थागत गर्ने बेलामा एउटा असल छिमेकीको नियतले प्रस्तुत भएन भन्नेहरू पनि छन् । साथै बेलाबखत त्यस्तो घटनाले नेपाली मर्माहत भएको तथ्य पनि छ नि !
द्विपक्षीय सम्बन्धका आफ्नै परिधि र सीमा हुन्छन् । कोसँग बढी नजिक र टाढाको कुरा गर्न मिल्दै मिल्दैन । एउटा स्वतन्त्र सार्वभौम राष्ट्रले आफ्नो सम्बन्ध समदूरीको सिद्धान्तमा स्थापित गर्नुपर्छ ।

हाम्रो अवस्थाका कारण कहिलेकाहीँ हामीले ऐया भन्नुपर्ने अवस्था आएको पक्कै हो । कहिलेकाहीँ आफूले कुनै गल्तीबिना नै साथीको व्यवहारबाट पीडा सहनुपर्दा बिझ्छ नै ।

तर, त्यसलाई लिएर कति आफैँलाई दुःखी बनाइरहने ? त्यसैले विगतलाई बिर्सिएर सहसम्बन्धका आधारमा हामीले आफ्ना छिमेकीसँग व्यवहार गर्न सक्नुपर्छ । 

भूगोलका कारणले हामी भारतसँग निर्भर छौँ । त्यो कुरा भन्न कुनै हिचकिचाउनुपर्ने अवस्था छैन । ७० प्रतिशतभन्दा धेरै बजार हिस्सा भारतकै छ । गत वर्ष हाम्रो संविधान आएपछि एकै पटकमा कुनै सूचनाबिना वस्तु सप्लाई रोकिदिनु आफैँमा दुखद् घटना थियो ।

नेपालको जनजीवन ठप्प भएकै हो । त्यसले गर्दा अनावश्यक रूपमा नेपाल र नेपाली नागरिकले समस्या भोग्नुपरेको हो । त्यस घटनालाई अव्यक्त रूपमा भए पनि ‘रियलाइज’ गरेको अवस्था छ भारतले ।

कूटनीतिक मर्यादामा सबै कुरा व्यक्त गर्न लायक पनि हुँदैन । भविष्यमा त्यस्ता घटना नदोहरियोस् भन्ने सम्बन्धमा सचेत हुन आवश्यक छ । हामी नेपालीले पनि एउटा स्मरण के गरौँ भने, यस्ता घटनालाई मात्र स्मरण गरिहनुभन्दा आफ्नो स्वाभिमानलाई ध्यान दिँदै समयसापेक्ष परिवर्तन हुन आवश्यक छ ।

दोस्रो विश्वयुद्धपछि अमेरिका र जापानले त्यसबेला गरेको व्यवहारलाई मात्र स्मरण गरेको भए आज कोरिया विकास र समृद्धिको यो अवस्थामा आइपुग्ने थिएन । त्यसैले अबको हाम्रो लक्ष्य आर्थिक समृद्धि नै बन्नुपर्छ । त्यसका लागि मुलुकले पहल गनुपर्छ भन्ने मेरो मान्यता र अनुभव हो । 

तपाईंले गत वर्ष भारतबाट गरिएको नाकाबन्दीको घटनालाई भारतले ‘रियलाइज’ गर्यो भन्नुभयो । तर गत नोभेम्बरमा भारतका राष्ट्रपतिले नेपाल भ्रमण गर्दा पनि शाब्दिक रूपमा नेपालको जारी संविधानप्रति स्वागत गरिएन भन्ने राजनीतिक विश्लेषकको विश्लेषण छ नि ?
नेपालको संविधान भनेको हाम्रो आन्तरिक विषय हो । हामीले आफ्नो संविधान कसैको अहित हुने गरी बनाएका छैनौँ । त्यसो भएर अरुको स्वागत वा सम्मान खोजिरहन आवश्यक छ जस्तो लाग्दैन ।

अरुले हाम्रो बारेमा के भन्छ वा भन्दैन भनेर चासो लिएर हामी बस्नु आवश्यक छ जस्तो लाग्दैन । यदि त्यसरी अरुले हाम्रो बारेमा चिन्ता चासो लिन पनि आवश्यक छ जस्तो लाग्दैन । किनकि हामीले लोकतान्त्रिक अभ्यासमार्फत आफ्नो संविधान निर्माण गरेका हौं ।

तराईको नेपाल सबै जातजाति र धर्म संस्कृतिका मानिस बस्ने ठाउँ हो । त्यो ठाउँ कुनै एउटै जाति र समुदायको अधिपत्य स्थान हैन र छैन पनि । म आफैँ तराईको मान्छे हुँ । त्यहाँको वास्तविक अवस्थासँग म आफैँ परिचित छु ।

त्यसैले तराई मधेशको विषयलाई लिएर अनावश्यक विवाद वा शंका गर्नु आवश्यक छैन । त्यही विषयलाई त्यो स्थान यस्तो अवस्थामा छ भनेर हामीले भारतलाई बुझाउन नसक्नु हाम्रो एउटा कमजोरी हो ।

अर्काे कमजोरी भनेको हामीले संविधान जारी गरेपछि जसरी यहाँ प्रचार गरियो, त्यही प्रचारकै आधारमा जसरी यहाँ नेपालको विभेदयुक्त भनेर शंका गरियो, तत्काल त्यसलाई निवारण गर्न अन्तर्राष्ट्रिय भाषामा त्यो कपी उपलब्ध गराउन नसक्नु हाम्रो कमजोरी रह्यो । आन्तरिक कमीकमजोरी समाधान गर्न हाम्रो संसद् छ, त्यहीँबाट गर्न सकिन्छ । त्यो प्रक्रियाबाट भई पनि रहेको छ ।

तराई मधेशमा संविधान जारी भएको असन्तुष्टिपछि गत वर्षको संसदबाट गरिएको संशोधन होस् वा वर्तमान सरकारले संसदमा पेश गरेको संशोधन विधेयक त्यसका नमुना हुन् । 
संविधान सहमतिको दस्तावेज हो । त्यहीअनुसार हामी आन्तरिक रूपमा होस् वा छिमेकको विश्वास लिएर अघि बढ्नुपर्छ । लोकतान्त्रिक प्रक्रिया र विधिसंगत गरिएको अभ्यासलाई त स्वीकार गर्नसक्नु पर्छ । 

त्यसो त अघिल्लो सरकारको नेतृत्व गरेको नेकपा एमालेले हाम्रो आन्तरिक परिवर्तनमा बाह्य हस्तक्षेप भयो, बाह्य हस्तक्षेपकै कारण हामीलाई सत्ताबाट च्युत गरियो भन्दै आपत्ति प्रकट गरिहेको अवस्था छ । त्यसमा तपाईंको नाम पनि जोडिएको थियो । के थियो वास्तविकता ? 
नेपालको संविधानअनुसार आफूले सम्पादन गरेका कामकारवाहीलाई अरुबाट परिचालित भन्नु हुँदैन । आफ्नो कार्यसम्पादनमा हामी विश्वस्त हुन सक्नुपर्छ । यदि सक्दैनौँ भने त्यो लघुताभाष हो ।

सरकार परिवर्तनको कुरा संसदीय प्रक्रियाअनुसार भएको हो । त्यसलाई अरुलाई दोष लगाउनु आवश्यक छ जस्तो लाग्दैन । आफूले गरेका कामकारवाहीमा ढुक्क हुन नसक्नु कतै हाम्रो कमजोरी त हैन भनेर सोच्ने कि ? राष्ट्रको सार्वभौम र अक्षुणतालाई ध्यानमा राखेर काम गर्याैँ भने कसैलाई दोष दिने ठाउँ नै आउँदैन ।

कला, कौशल र चातुर्य राजनीतिक दलहरूले देखाउने बेला आएको छ । त्यसतर्फ ध्यान दिने कि ? अरुलाई दोष दिएर मात्र हाम्रो शान्ति र स्थिरता कायम हुँदैन । त्यसलाई सबैले ध्यान दिऊँ भन्ने मेरो आग्रह हो । अहिलेसम्म जे जसरी गुज्रे पनि अब नेतृत्व मुलुकबारेमा दूरदर्शी हुनैपर्छ । झिनामसिना कुरामा अल्झिएर देश विकासमा अवरोध पु¥याउने काम बन्द गरौं । 

समस्या त्यसो भए हाम्रै राजनीतिक चिन्तनमा छ भनेर बुझौँ ?
एउटा कुरा हाम्रो देशमा करिब सबै दल सत्तामा पुगेका छौँ । हामीले गर्ने काम र कर्तव्य के हो भन्ने विषयबाट अवगत छौँ ।

विषयवस्तुसँग अवगत रहँदारहँदै पनि दोष अरु माथिमात्र थोपरेर राजनीति गर्ने परम्परा कति उचित हो ? ठूला भनिने पार्टीका नेताहरू प्रधानमन्त्री भएर सत्ता चलाएको अनुभव छ ।

साना भनिने दलहरू पनि उप–प्रधानमन्त्रीसम्मको जिम्मेवारीमा पुगेको अवस्था छ । जिम्मेवार मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभव छ । यस्तो अवस्थामा पनि हामीले आफ्ना लागि काम गर्न नसक्नु विडम्बना नै भन्नुपर्छ । त्यसैले सधैँ अरुप्रति नकारात्मक भइराख्न आवश्यक छैन भन्ने मेरो आग्रह हो । सकारात्मक हुन सकौँ र सिकौँ । 


तपाईंले सकारात्मक चिन्तनको कुरा गरिरहँदा, कुनै बेला तपाईंप्रति पूरै नकारात्मक रहेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले नै भारतको राजदूत तपाईं नै हुनुपर्छ भनेर सकारात्मक हुनुभयो । त्यसरी नै के साँच्चै नै भारतप्रति पनि सकारात्मक हुनुभएकै हो ? उहाँको विगत त भारतप्रति त्यत्ति सकारात्मक  हैन नि !
म आफू सकारात्मक सोच राख्ने व्यक्ति हुँ । अरुप्रति मेरो नकारात्मक चिन्तन नै छैन । सोच आफ्नो–आफ्नो हो । मेरो सन्दभँमा कुरा गर्नुहुन्छ भने आध्यात्मिक चेतनामा विश्वास गर्छु ।

त्यसैले ममा कुनै नकारात्मक चिन्तन आउँदैन । अरुका बारेमा मैले केही भन्नु उचित हुँदैन । मेरो सकारत्मक सोचकै कारण मलाई यो ठाउँमा जिम्मेवारी दिइएको हो भन्ने लाग्छ । हाम्रो सोच, बानी र व्यवहारमा द्वैध चरित्र हुनु हुँदैन ।

कमजोरीबाट पाठ सिकेर नसुध्रिने होभने त्यसले पक्कै सजिलो हुँदैन । उहाँको व्यक्तिगत सन्दर्भमा भन्दा राष्ट्रिय सन्दर्भको कुरा गरौँ न । मैले त भारतका मित्रहरूलाई पनि गत वर्षको अप्ठ्यारो परिस्थितिमा पनि पौराणिक कथा र धर्मका सन्दर्भ प्रस्तुत गरेर तपाईंहरूले नेपालप्रति गरेको व्यवहार सुधार गर्नाेस् भन्ने गर्थेँ ।

आखिर भएको कुरा त सबैले स्वीकार गर्नैपर्छ । त्यसैले सधैं कसैले कसैप्रति नकारात्मक सोच राख्न आवश्यक छैन । 


दोस्रो कार्यकालको आफ्नो जिम्मेवारीमा कति स्वतन्त्र र कति निर्देशित हुनुहुन्छ ? अघिल्लो सरकारले त तपाईंलाई आफ्नो निर्देशन पालना नगरेको आरोपमा फिर्ता बोलाएको थियो ।
यो पदमा स्वभावतः सरकारका निर्देशन हुन्छन् नै । ती सबै कुरालाई मैले ध्यान दिनुपर्छ । यो पद नै जिम्मेवारी, राष्ट्रिय आवश्यकता र निर्देशनको पालना गर्ने पद हो । पदीय जिम्मेवारीमा स्वतन्त्र नै छु ।

अघिल्लो सरकारले गरेको व्यवहारप्रति पनि मेरो कुनै पूर्वाग्रह छैन । मैले दोस्रो कार्यकालका लागि यता आउनुअघि पनि पूर्वप्रधानमन्त्री केपी ओलीज्यूलाई भेट गरेर आएको हुँ । भन्छन् नि ‘नबिराउन नडराउनु ।’ 

केपी ओलीलाई भेट्दा कस्तो संवाद भयो ? 
केपी अोलीसँग पनि सौहार्दपूर्ण संवाद भयो । मैले आफ्ना कुरा राखेँ । धन्यवाद पनि दिएँ । यस मानेमा कि तपाईंले मलाई फिर्ता बोलाएपछि मिडियाले मलाई १० वर्ष बसेको भए पनि नदिने माइलेज दिए, सहानुभूति देखाए ।

त्यतिबेला मैले भने पनि मलाई फिर्ता बोलाउनु तपाईंको दोष हैन भनेर । तपाईंलाई कसले के कुरा सुनाउनुभयो, त्यसैलाई विश्वास गरेर फिर्ता गर्नुभएको हुनुपर्छ भनें ।

तर, मैले कहिल्यै पनि मुलुक र राष्ट्रको अहित हुने काम गरेको छैन र थिएन पनि । मैले आफ्ना कुरा राख्दा उहाँले सुन्नुभयो र मसुक्क हाँस्नु पनि भयो । 

यतिबेला गुजरातको ‘भाइब्रेन्ट गुजरात २०१७’ मा आइपुग्नु भएको छ । यो सम्मेलनमा सहभागी भइरहँदा मुलुकको सन्दर्भमा उपयोग हुनसक्ने के कुरा हासिल गर्नुभयो ? 
हो, यहाँ प्रवद्र्धनात्मक सम्मेलन रहेछ । गुजरातका मुख्यमन्त्री विजय रुपानीको निमन्त्रणामा म यहाँ उपस्थित भएँ । भारतमा लगानी गर्न आउने लगानीकर्ताहरूको जमघट रहेछ यो सम्मेलन ।

आगामी वर्षबाट नेपाली निजी क्षेत्रको सहभागिता गराउन सकिन्छ । साथै यसरी नै हामीले पनि हाम्रो देशमा यस्तै सम्मेलन गर्न आवश्यक छ र त्यसको तयारी भइरहेको छ । आगामी मार्चमा काठमाडौंमा लगानी प्रवद्र्धनात्मक सम्मेलन हुन लागेको जानकारी गराएँ ।

सम्मेलनमा सहभागीहरूलाई ऊर्जा, पर्यटन क्षेत्रको नेपालमा ठूलो सम्भावना छ भन्ने जानकारी गराउँदा केही भारतीय र केही विदेशी लगानीकर्ता उत्साहित रहे । उनीहरू पनि आउँछन् होला काठमाडौंमा हुने लगानी प्रवर्द्वन सम्मेलन २०१७ मा । 
तस्बिर ः The hindu 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २, २०७३  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय