site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाललाई पनि संघीय गठबन्धनमा आबद्व गराउन अन्तिम तयारी भइरहेको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र विभिन्न जातीय संगठन आबद्व गठबन्धनमा आइतबारदेखि भट्टराईको नयाँ शक्तिलाई पनि समावेश गराउने अन्तिम तयारी गर्न लागिएको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिए ।

गठबन्धनमा सहभागी हुने बारेमा छलफल गर्न आज आइतबार पनि छलफल हुँदैछ । काठमाडौंको बबरमहलमा रहेको नयाँ शक्तिका एक नेताको घरमा आइतबार दिउसो छलफल गर्न लागिएको छ ।
गठबन्धनका शीर्ष नेताहरु र नयाँ शक्तिका नेताहरुको संयुक्त बैठकले यसको टुंगो लगाउनेछ ।  आजको बैठकमा सैद्वान्तिक सहमति हुने र गठबन्धनको आउँदो बैठकमा नयाँ शक्ति पनि उपस्थित हुने उनले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यता नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले भने नयाँ शक्ति संघीय गठबन्धनमा आबद्व हुने कुरामा कुनै सत्यता नरहेको प्रष्टोक्ति दिए ।

उनले आफूहरु नयाँ  खालको पार्टी बनाउने अभियानमा लागेको बताउँदै विभिन्न पार्टीबीचको ध्रुविकरण र पार्टी एकीकरणमा लागेको भए पनि गठबन्धनमा आबद्व नहुने बताए । 

Global Ime bank

“हामीबीच केही मुद्दाहरु मिल्छन् । यसमा गठबन्धन आफ्नो तरिकाले लागेको छ । हामी आफ्नो तरिकाले उहाँहरुको माग पूरा लगाउन लागेका छौं,” प्रवक्ता देवकोटाले भने, “हामी नयाँ खालको पार्टी बनाउने अभियानमा लागेका छौं । यसका लागि विभिन्न पार्टीहरुसँग छलफल पनि भइरहेको छ । तर तपाईंहरु नयाँ शक्ति गठबन्धनमा आबद्व हुन लाग्यो भन्नुहुन्छ, यो होइन ।”

संघीय समाजवादी फोरमका वरिष्ठ उपाध्यक्ष अशोक राईले समेत नयाँ शक्तिलाई गठबन्धनमा ल्याउने विषयमा छलफल हुन लागेको स्वीकार गरे ।

आफू राजधानीबाहिर रहेको बताउँदै राईले नयाँ शक्तिलाई गठबन्धनमा ल्याउने वा नल्याउने भन्ने निर्णय बैठकले नै गर्ने बताए । उपाध्यक्ष राईले भने, “आज बैठक बस्दैछ । उहाँहरु गठबन्धनमा आबद्व हुनुहुन्छ वा हुनुहुँदैन भन्ने निर्णय बैठकले नै गर्छ ।”

यसअघि भट्टराईले पटक पटक आफ्नो  पार्टीलाई पनि गठबन्धनमा आबद्व  गराउन आग्रह गर्दै आएको नेताहरुले बताएका छन् ।

गठबन्धनमा आउनुपूर्व संविधान अस्वीकार गर्नुपर्ने गठबन्धनले भट्टराई समक्ष सर्त राखेको थियो ।

सहमतिका लागि निरन्तरको बैठक र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको लबिङमा उनलाई गठबन्धनमा सहभागी गराउने विषयमा अन्तिम रूप दिन आज बैठक बस्न लागेको मधेसी मोर्चाका एक नेताले बताए ।  

गठबन्धनभित्रै पनि केही दल भने नयाँ शक्तिलाई गठबन्धनमा आवद्व गराउन नहुने पक्षमा रहेको रामसपाका प्रवक्ता झाले बताए ।

नयाँ शक्ति र फोरमबीच एकता गर्ने विषयमा समेत छलफल भइरहेको छ । यसका लागि नयाँ शक्तिले वार्ता टोली समेत बनाएको छ ।

मंसिर १३ गते संविधान  संशोधनको विषयलाई लिएर उपेन्द्र यादव र बाबुराम भट्टराईले संयुक्त विज्ञप्तिसमेत जारी गरेका थिए । यसलाई समेत उनीहरुको पार्टी एकीकरणको प्रक्रियाको रूपमा हेरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २, २०७३  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय