site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । कुनै बेला काठमाडौंमा गुण्डागर्दीबाट हैरान भएर फलानोले दुःख दियो, फलानोले जबर्जस्ती चन्दा माग्यो भन्दै प्रहरीमा धाउनेको संख्या ठूलै हुन्थ्यो । अहिले यस्तो गुनासो लिएर प्रहरीकहाँ पुग्नेको संख्या शून्यप्रायः छ । गुण्डा नाइके दिनेश अधिकारी (चरी) र कुमार श्रेष्ठ (घैटें) प्रहरी इन्काउन्टरमा मारिएपछि अनि उनीहरूका पनि गुरु डन दीपक मनाङ्गे जेल परेपछि उपत्यकामा गुण्डागर्दीको नामोनिशान मेटिएको प्रहरीको दाबी छ । 
गुण्डागर्दी हटे पनि नयाँ किसिमको अपराधले काठमाडौंमा जरा गाडिरहेको छ, त्यो हो आर्थिक अपराध । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विक्रम थापा भन्छन्, “मसल देखाएर अरुको पसिना खान खोज्ने गुण्डाहरुको दादागिरी त अन्त्य भयो, तर, पछिल्लो समय देखिएको आर्थिक अपराध हाम्रो लागि चुनौती बन्दैछ । चर्को ब्याज आउने लोभमा मानिसहरूले पैसा लगानी गर्छन्, चर्को ब्याज पाउने भएपछि रकम फर्किने÷ननर्फिनेमा  चासो राख्दैनन् । पैसा डुबेपछि बल्ल चेत खुल्छ अनि विभिन्न व्यक्तिको सोर्सफोर्स लगाउँदै प्रहरी कार्यालय आइपुग्छन् ।” 
मिटर ब्याजमा पैसा दिने अनि नफर्केपछि वैदेशिक रोजगारीको कागज बनाएर प्रहरीकहाँ आउने गरेको थापा बताउँछन् । उनका अनुसार अहिले आर्थिक अपराधका घटनामा वृद्धि भएको छ । महानगरीय अपराध महाशाखा र उपत्यकाभरका प्रहरी कार्यालयमा पर्ने उजुरीमध्ये ८० प्रतिशत आर्थिक ठगीका हुने गरेका छन् । 
काठमाडौं प्रहरीको तथ्याकंअनुसार आर्थिक वर्ष ०७२÷०७३ मा मात्र २ अर्बभन्दा बढी रकम ठगिएको भन्दै प्रहरीमा उजुरी परेको छ । यस्ता उजुरी ३ सयभन्दा बढी छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७३  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro