site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । पूर्वी युरोपका रोमानिया, टर्की, बुल्गेरियालगायत मुलुकबाट पर्यटकको भिसामा नेपाल आउने नागरिकमाथि प्रहरीले निगरानी बढाएको छ । ती देशबाट पर्यटक भिसामा नेपाल आउने अरुको रकम चोरी गरेर फर्किने गरेको रहस्य खुलेपछि प्रहरीले निगरानी बढाएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ०७१ सालयता ९ जना पूर्वी युरोपेली नागरिकलाई एटीएम ह्याक गरी रकम चोरी गरेको आरोपमा पक्राउ गरेको छ । ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले बाह्रखरीसँग भने, “एटीएम ह्याक गरी रकम चोरी हुने नेपालमात्र हैन, विकसित देशमा पनि हुन्छ । तर, त्यहाँको बैंकिङ सुरक्षा प्रणाली चुस्त हुने भएकाले तत्कालै थाहा हुन्छ । नेपालको बैंकिङ प्रणाली कमजोर भएकाले यसको फाइदा उठाउँदै एटीएम ह्याकर यहाँ केन्द्रित भएका छन् ।”
सिलवालले थपे, “सुरु–सुरुमा बैंकहरूले पनि विदेशी नागरिकले एटीएमबाट पैसा झिक्लान् भनेर शंका गरेनन् । घुम्न आएका बेला आफ्नै पैसा खर्चे होलान् भन्ने सबैले सोचे । अहिले बैंकहरू पनि चनाखो भएका छन् । कुनै पनि विदेशी नागरिकको एटीएम बुथमा शंकास्पद गतिविधि देखियो भने हामीलाई खबर आउँछ र बैंकको सीसीटिभी मनिटर पनि हुन्छ ।” 
ब्युरोले नेपाल घुम्न आउने पूर्वी युरोपेली नागरिकको निगरानी राख्न विशेष टोली परिचालन गरेको छ । “पर्यटक भिसामा नेपाल आउने अनि घुमेजस्तो गरेर अरुको पिनकोड चोरी गरेर एटीएमबाट रकम झिकेर फर्कने गरेको भेटिएपछि हामीले अध्यागमन, भन्सार, होटल व्यवसायी तथा ट्राभल एजेन्सीहरूसँग सहकार्य गरी विशेष निगरानी थालेका छौं,” डीआईजी सिलवालले भने । हालसम्म पक्राउ परेका एटीएम ह्याकर सबै ठमेल क्षेत्रबाटै समातिएका हुन् । क्षेत्र ठमेलमा प्रायः बैंकले दुई–तीन ठाउँमा एटीएम मेसिन राखेका छन् र नेपाल आउने पर्यटकको मुख्य बस्ने ठाउँ पनि ठमेल नै हो । 
पछिल्लो समय युरोपियनहरूको पिन कोड ह्याक गरी नेपालबाट रकम निकाल्ने र नेपालीको पिन कोड ह्याक गरी अन्य देशबाट निकाल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । कुन नेपालीको कति रकम कहाँबाट चोरी भयो भन्ने यकिन नभए पनि हालसम्म ४ हजारभन्दा बढी नेपालीको एटीएमको पिन कोड चोरी भएको ब्युरोले जनाएको छ । 
पक्राउ परेका ६ जना अहिले ब्युरोको हिरासत कक्षमा छन् । उनीहरूले नेपालमा २ वर्षभन्दा धेरै जेल बस्नु नपर्ने, सहजै नेपाल आउने मिल्ने र प्रहरीले कुटपिट नगर्ने भएका कारण आफूहरूले नेपाललाई केन्द्र बनाएको बयान दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७३  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro