site stats
बाह्रखरी :: Baahrakhari
राजनीति

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले विद्यार्थीलाई सिर्जनशील बनाउन अहिलेको शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताएका छन् । लेखक रविराज बसौलाले लेखेकाे ‘बालमैत्री’ नामक कृतिको विमोचन गर्दै उनले भने, “विद्यार्थीको जग भनेको प्रारम्भिक तहको शिक्षा हो, यसलाई रचनात्मक बनाउनुपर्छ, विद्यार्थीलाई अप्ठेरो प्रश्न सोधेर असफल बनाउनुहुँदैन, उनीहरुले जानेको कुराबाट पनि परीक्षा लिन सकिन्छ ।”

समाजको विषमता हटाउन कलम, आवाज, चेतनाको उपयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री कार्कीले बालबालिकाको ग्रहण गर्न सक्ने क्षमता अत्यधिक हुने हुँदा उनीहरु पनि ज्ञानको स्रोत हुन सक्ने विचार व्यक्त गरे । सो अवसरमा सूचना तथा सञ्चारमन्त्री सचिव दिनेशकुमार थपालियाले बालमैत्री समाज निर्माण गर्नका लागि पुस्तक उपयोगी रहेको विचार व्यक्त गरे । लेखक विनय कसजू, गीता त्रिपाठीलगायतले बालबालिकाको समस्यामाथि समाजको ध्यान आकृष्ट गराउन कृति महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लेखक बसौलाले बालमैत्री नीति, संरचना र पूर्वाधारको खाँचो रहेको बताउँदै बालबालिकाका क्षेत्रमा काम गर्न अभिप्रेरित गर्न पुस्तक प्रकाशन गरिएको बताउनुभयो । पुस्तकमा बालमैत्री परिवार, कार्यालय, विद्यालय तथा बसको सेवाका बारेमा सूचना समावेश गरिएको छ ।

रासस

 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७३  १४:२२
प्रतिक्रिया दिनुहोस्