site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
यस्तो छ ‘दर्पणछायाँ–२’ को टिजर
काठमाडौं । निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र ‘दर्पणछायाँ–२’ को टिजर र फस्र्टलुक पोस्टर रिलिज गरिएको  छ । फागुन २७ गतेका लागि रिलिज डेट लिएको चलचित्रले टिजर, फस्र्टलुक पोस्टर र गीत रिलिज गरेको हो । 
फस्र्टलुक पोस्टर ‘दर्पणछायाँ’को झल्को दिने खालको देखिन्छ । फ्लेभर झल्किन्छ भने पछिल्लो पुस्ता लक्षित गर्दै केहि नयाँ प्रयोग पनि गरिएको छ । डा. लोपसाङ लामाको प्रस्तुति तथा सबु गडाल कार्की र रबि कार्कीको निर्माण रहेको चलचित्र ‘दर्पणछायाँ–२’ मा पुष्प खड्का, साहारा कार्की र श्रद्धा प्रसाईंको मुख्य भूमिका रहेको बताइएको छ । चलचित्र नयाँ पुस्तालाईसमेत लक्षित गरेर निर्माण गरिएको निर्देशक घिमिरेले बताउँदै आएका छन् । 
 
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १६:२०
प्रतिक्रिया दिनुहोस्