राजनीति

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको छ ।
कांग्रेसले सोमबार ह्विप जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरिने हुँदा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रस्तावको पक्षमा मतदान गर्न भनेको छ ।
"भोलि १० गते बस्ने संसद् बैठकमा आर्थिक वर्ष २०८२।८३ को बजेट पारित गरिने हुँदा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रस्तावको पक्षमा मतदान गर्न यो ह्विप जारी गरिन्छ," कांग्रेसले भनेको छ ।
प्रकाशित मिति: सोमबार, असार ९, २०८२ १९:२६
प्रतिक्रिया दिनुहोस्