site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद पाण्डे रहेनन्
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद भक्तिप्रसाद पाण्डेको ६२ वर्षको उमेरमा आज निधन भएको छ । 
विगत एक वर्षदेखि अर्बुद रोगबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, ललितपुरमा आज बिहान निधन भएको हो । 
पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि भोलि मङ्गलबार बिहान ९ देखि ११ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ । 
माओवादीभित्र चाचा उपनामले चिनिने पाण्डेले माओवादीको सशस्त्र सङ्घर्षको आपूर्ति विभागको पहिले केन्द्रीय सदस्य र पछि इञ्चार्ज भएर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 
युद्धका क्रममा पाण्डेले निकै जोखिम मोलेर भारत र अन्य मुलुकबाट पार्टीका लागि स्याटलाइट फोन, हातहतियार, गोलीगट्ठा र अन्य युद्ध सामग्री भित्र्याउनुभएको थियो । पाण्डे सानैदेखि विद्रोही स्वभावका हुनुहुन्थ्यो र त्यही विद्रोही स्वाभावकै कारण उहाँ १८ वर्षकै उमेरमा २०२९ सालमा अर्घाखाँचीमा भएको चर्चित हरेबर्रे आर्थिक एक्सनको सैनिक कमाण्डर बनेका थिए । 
नेकपा पुष्पलाल समूह, नेकपा माले हुँदै २०४० सालमा मोहनविक्रम सिंहको मसालमा प्रवेश गरेका पाण्डेले १४ वर्ष काम गरेर मसाल छोडे । 
नेकपा मसालले माओवादी जनयुद्धको चर्को विरोध गरेपछि दीनानाथ शर्माको नेतृत्वमा विद्रोह गरेर पार्टी गठन गरी तत्कालीन नेकपा माओवादीसँग उनले एकता गरे । पार्टीभित्र चर्को अन्तरविरोध हुँदा पनि पुष्पकमल दाहाल र बाबुराम भट्टराई दुवैले अत्यन्तै विश्वास गर्ने थोरैमध्येको एउटा पात्र थिए । पार्टीभित्र उनको छवि सधैँ इमान्दार, निडर र क्रान्तिकारी योद्धाका रुपमा रहेको थियो । 
पाण्डेका एक छोरा, दुई छोरी छन् । विसं २०६४ को संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं ४ बाट प्रतिस्पर्धा र झिनो मतले पराजित सांसद पाण्डे २०७० मा संविधान सभामा एनेकपा माओवादीको तर्फबाट समानुपातिक तर्फबाट सांसद बनेका हुन् । हाल व्यवस्थापिका–संसद्मा नेकपा माओवादी केन्द्रको तर्फबाट सदस्य रहेका पाण्डेको पुस्तक ‘आत्मकथा’ (प्रकाशोन्मुख) रहेको छ । रासस 
 
 
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro