site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
नाडाल चौथो चरणमा, सिटसिपस बाहिरिए
Ghorahi CementGhorahi Cement

काठमाडौं । कीर्तिमानी ग्रान्डस्लाम उपाधि विजेता राफेल नाडालले लोरेन्जो सोनेगोलाई ३–० को सेटमा हराउँदै विम्बल्डन टेनिसको चौथो चरणमा स्थान बनाउन सफल भएका छन् ।

पहिलो दुई खेलको तुलनामा उल्लेख्य सुधार गरेका नाडालले चौथो चरणमा स्थान बनाउने क्रममा इटालीका सोनेगोलाई ६–१, ६–२ र ६–४ को स्कोरमा हराए ।

तेस्रो सेटमा ४–२ को अग्रता लिएको अवस्थामा स्पेनका नाडालले सोनेगोलाई नेटमा बोलाएर केही संवाद गरेका थिए । खेलपछिको पत्रकार सम्मेलनमा नाडालले आफ्नो त्यो काम गलत भएको बताएका छन् । 

Agni Group

“मैले उसलाई नेटमा बोलाउनु हुँदैनथ्यो,’’ ३६ वर्षीय नाडालले भने, “मैले गल्ती गरेको स्वीकार गर्नुपर्छ । त्यसैले माफी माग्न चाहन्छु । यसमा मेरो गल्ती छ । कुनै समस्या छैन । मैले त्यसमा गल्ती महसुस गरेको छु ।’’

सोनेगोले आफ्नो पहिलो ब्रेक प्वाइन्टबाट एक अंक लिने क्रममा निकालेको आवाजबाट नाडाल निराश बनेका थिए । नाडालले अम्पायरसँग कुरा गरे । त्यसपछि नडालले सोनेगोलाई नेटमा बोलाएर कुरा गरेका थिए ।

Global Ime bank

“मेरो नियत उनलाई चिन्तित पार्ने वा दबाब दिने थिएन,’’ नाडालले भने, “खेलाडीहरूबीच केही कोड भाषाहरू हुन्छन् । मलाई लाग्यो कि उनले मलाई गिज्याएका छन् । त्यसका लागि मैले उनलाई नेटमा बोलाएर सोधेको थिएँ । त्यत्ति हो ।’’

त्यसपछि नाडालले आफ्नो वर्चस्व रहेको खेलमा पुनः नियन्त्रण कायम गरे । जित हासिल गरे । खेलपछि पनि नाडालले नेटमा हात मिलाएपछि पनि इटालियनसँग कुरा गरेका थिए ।

गए राति नै अर्को खेलमा अष्ट्रेलियाका निक किर्गियोसले चौथो वरीयताप्राप्त ग्रीसकास्टेफानोस सिटसिपसलाई स्तब्ध बनाए । किर्गियोसले विम्बल्डनको चौथो चरणमा स्थान बनाउने क्रममा सिटसिपसलाई ३–१ को सेटमा हराए । नाटकीय र प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा अम्पायरले दुवै खेलाडीलाई पटक–पटक चेतावनी दिनुपरेको थियो ।

किर्गियोसले सिटसिपासलाई उक्साएका थिए । जसका कारण २३ वर्षीय सिटसिपसले दोस्रो सेट गुमाएपछि दर्शकदीर्घामा बल फालेका थिए । अस्ट्रेलियाका किर्गियोसलेपहिले पनि अश्लील शब्द प्रयोग गरेको भनी चेतावनी प्राप्त गरिसकेका थिए । सिटसिपासलाई त दुईपटक खेल भावनाविपरीत कार्य गरेको भनेर एक अंक पेनाल्टी दिइएको थियो ।

किर्गियोसले सिटसिपासलाई ६–७ (२/७), ६–४, ६–३ र ७–६(९/७) को स्कोरमा पराजित गरेका हुन् । २९ वर्षीय किर्गियोसले अब अमेरिकी ब्रान्डन नाकाशिमाविरुद्ध खेल्नेछन् । २० वर्षे नाकाशिमाले कोलम्बियाका ड्यानियल गालनलाई ६–४, ६–४ र ६–१ को स्कोरमा हराउँदै चौथो चरणमा स्थान बनाएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
विरोध प्रदर्शनमा प्रहरी व्यवहार
विरोध प्रदर्शनमा प्रहरी व्यवहार
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu