site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ईपीएलसँग यूएनडीपीको सहकार्य
Ghorahi CementGhorahi Cement

काठमाडौं । दिगो विकास लक्ष्य प्राप्तिका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटसँग सहकार्य गरेको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा ईपीएलका संस्थापक आमिर अख्तर र यूएनडीपी नेपालका निर्देेशक रेनाउड मेयरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Agni Group

सन् २०३० सम्ममा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रबाट सबै प्रकारका गरिबी उन्मूलन गर्ने लक्ष्यका साथ नेपालमा पनि यूएनडीपीले काम गरिरेहकोे छ । उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन इपीएल क्रिकेटसँग सझेदारी गरिएको यूएनडीपी नेपालका निर्देेशक रेनाउड मेयरले बताए ।

यसअघिका संस्करणको सफल आयोजना गरेको ईपीएलले संयुक्त राष्ट्र संघीय विकास कायक्रमसँग साझेदारी गरेको हो । कार्यक्रममा बोल्दै ईपीएलका संस्थापक आमिर अख्तरले खेलकुद जनचेतना फैलाउने माध्यम मात्र नभइ हाम्रो दैनिक जीवनसँग जोडिने भएकोले यसले स्वस्थ जीवनशैलीको लक्ष्य पुरा गर्न मद्दत गर्ने विश्वास लिएकोे बताए । 
नेपालमा क्रिकेट क्रेज बढ्दै गएकोले युएनडीपीले दिगो विकास लक्ष्यको प्रचारका लागि इपीएललाई चुनेको हो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०७५  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC