site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासबाट चिढिँदै उत्तर कोरिया
Ghorahi CementGhorahi Cement

काठमाडौं । दक्षिण कोरिया र अमेरिकाले आफ्नो संयुक्त सैन्य अभ्यास गर्ने तयारी थालेपछि उत्तर कोरिया फेरि पनि चिढिएको छ । 
दुई देशले सैन्य अभ्यास सुरु गरे यसले अवस्था नियन्त्रण बाहिर लैजाने र आणविक युद्ध सुरु हुन सक्ने चेतावनी उसले दिएको छ ।

अमेरिकालाई कुनै पनि समय आक्रमण गर्ने सक्ने चेतावनी दिँदैं प्योङ्याङ्ले आक्रमणको निशाना गुआम, हवाई वा अन्य कुनै अमेरिकी मेनल्याण्ड नभई अन्य पनि हुन सक्ने चेतावनी दिएको हो ।

Agni Group

सरकारी पत्रिका रोडोङ् सिनमुनमा उक्त चेतावनी सहितको समाचार अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु हुनु अघिल्लो दिन आएको हो । सोमबारदेखि अमेरिका र दक्षिण कोरियाबीच धेरै पहिले तय भएको संयुक्त सैन्य अभ्यास सुरु हुँदैछ ।

उत्तर कोरियाको वाबजुद पनि दुई राष्ट्रले भने आफ्नो सैन्य अभ्यासलाई निरन्तरता दिने बताएका छन् । अघिल्लो हप्ता एक अमेरिकी जनरलले दक्षिण कोरियासँगको आफ्नो सैन्य अभ्यास उपर छलफल हुन नसक्ने प्रस्ट पारेका छन् ।

Global Ime bank

 

\"\"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ४, २०७४  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC