site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंका मेयर डेढ करोडको गाडीमा, ललितपुरका वर्षौं पुरानोमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य डेढ करोड पर्ने गाडीमा सवार गर्ने तयारीमा रहँदा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन भने ८ वर्ष पुरानो गाडी चढने गरेका छन् ।

गत जेठ १२ गतेबाट ललिपुर महानगरपालिका मेयरको जिम्मेवारी सम्हालेका मेयर महर्जनले आफू सवार हुनका लागि कुनै विलासी गाडी खरिद नगरी पुरानै गाडीले काम चलाउँदै आएका हुन् ।  

उपत्यकाकै अर्को महानगरपालिका काठमाडौंका मेयर शाक्य डेढ करोडको गाडी चढ्न लागिरहेका बेला यता ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन भने ८ वर्ष पुरानो गाडीमा कार्यालय–कार्यक्रम–घर धाइरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“गाडी पुरानै भए पनि काम चलिरहेकै छ,” महर्जनले भने, “बारम्बार बिग्रिरहन्छ, मर्मत गराउँदै आएको छु ।”

१५ वर्षपछि भएको स्थानीय निर्वाचनमा नेपालका ४ महानगरपालिकामध्येमा सबैभन्दा पहिला महानगर प्रमुखमा निर्वाचित चिरिबाबु महर्जनलाई टोयटाको यो गाडी महानगरपालिकाले नै उपलब्ध गराएको हो । त्यसयता महर्जनले गाडी खरिदका लागि कुनै बजेट छुट्याएनन् ।

Global Ime bank

महर्जनको बा. ४ च ७८५२ नम्बरको उक्त गाडी हाल यूएनपार्क नजिकैको एक ग्यारेजमा मर्मत भइरहेको छ । 

“गाडीको क्लजप्लेट र गियरबक्समा समस्या आएको छ,” महर्जनका चालक हिरारत्न शाक्यले भने, “गाडी मर्मतका लागि शनिबार ग्यारेजमा ल्याइएको हो, भोलि(शुक्रबार)सम्ममा बनिसक्ने मेकानिकले बताएका छन् ।” 

उक्त गाडी बिग्रिएपछि महर्जन हाल सरसफाई शाखाको टाटा कम्पनीको जेनोन गाडीमा चढ्दै आएका छन् । उक्त गाडी विश्व वैंकले अनुदानस्वरुप महानगरपालिकालाई हालसालै उपलब्ध गराएको ललितपुर महानगर स्रोतले बतायो ।   

काठमाडौंका मेयर शाक्यको गाडी–विवाद
 

यता काठमाडौंका मेयर विद्याशुन्दर शाक्यले चढ्न लागेको करिब डेढ करोडको फच्र्युनर गाडीबारे चौतर्फी आलोचना हुँदै आएको छ । 
यद्यपि, शाक्यले उक्त गाडी आफ्नो व्यक्तिगत चाहना भन्दा पनि आफू निर्वाचित भई आउनुपूर्व नै उक्त गाडी खरिद भइसकेको बताउँदै आएका छन् ।
यसअघि असार पहिलो साता प्रत्येक वडाका अध्यक्षहरुलाई स्मार्ट फोन खरिदका लागि गरेको निर्णयका कारण मेयर शाक्यसहित उपमेयर हरिप्रभा खड्गी विवादमा आएपछि उक्त निर्णय खारेज भएको थियो । 

     

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७४  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement