site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement


काठमाडौं। कीर्तिपुर नगरपालिकाले भूकम्पपीडितलाई घर नक्सापासमा लाग्ने कर शुल्कमा ९० प्रतिशत छुट दिने निर्णय गरेको छ । 

आज सम्पन्न नगरसभाले भूकम्पपीडितको घर नक्सापासमा ९० प्रतिशत छुट दिने निर्णय गरेको प्रमुख रमेश महर्जनले बताए । यस्तै सभाले नगरवासीलाई घरजग्गा करमा १५ प्रतिशत छुट दिनेभएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार सभाले नयाँ आर्थिक वर्षको रु ७९ करोड ५६ लाख १४ हजार बजेट विनियोजन गरेकामा पुँजीगततर्फ ५६ रु करोड ९५ लाख र चालुतर्फ रु १२ करोड बजेट विनियोजन गरिएको छ । 

प्रमुख महर्जनका अनुसार सभाले खानेपानीको लागि रु १९ करोड नगर सडकका लागि रु पाँच करोड, युवालाई स्वरोजगार बनाउनका लागि रु एक करोड, नगर बस सञ्चालन गर्न ५० लाख, सामुदायिक विद्यालयमा कम्प्युटरका लागि रु ५० लाख बजेट छुट्याएको छ । 

Global Ime bank

सभाले कीर्तिपुरको विकास योजना बनाउनका लागि पूर्व प्रमुख हिराकाजी महर्जनको संयोजकत्वमा कीर्तिपुर विकास परिषद्समेत गठन गरेको छ । यसैगरी सभाले वडा नं– ४ र ६ बाहेक प्रत्येक वडामा रु ५० लाख बजेट विनियोजन गरेको छ । 

वडा नंं ४ र ६ ग्रामीण क्षेत्रमापर्ने भएकाले रु ७० लाख बजेट विनियोजन गरिएको प्रमुख महर्जनले जानकारी गराए । सभाले मधुमेह र उच्च रक्तचापको वृद्धा बिरामीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । 

यस्तैगरी एकै बैंकबाट दिइरहेको सामाजिक सुरक्षा भत्तालाई अन्य बैकबाट पनि दिलाउने निर्णय गरेको छ । सभाले पहिलेदेखि लिइआएको करलाई यथावत् राख्दै कर नबढाउने निर्णय गरेको उपप्रमुख सरस्वती खड्काले जानकारी गराए। रासस 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २८, २०७४  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय