site stats
बाह्रखरी :: Baahrakhari
विशेष
सरकार काम चलाउ, दीर्घकालीन असर पार्ने सन्धि-सम्झौता नगर्न आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भोलि (बिहीबार) भारत भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ ठहर गर्दै दीर्घकालीन असर पार्ने सन्धि-सम्झौता नगर्न विभिन्न क्षेत्रका व्यक्तिहरुले खबरदारी गरेका छन् ।

इन्दिरा दली, डा. ऋषि अधिकारी, कृष्ण ज्ञवाली, डा. खगेन्द्र प्रसाई, दीपेन्द्रबहादुर क्षेत्री, निनु चापागाईं, मानवी पौडेल, युवराज पाण्डे, लीलामणि पौड्याल, सूर्यनाथ उपाध्याय,  डा. सूर्यराज आचार्य, डा. सोमलाल सुवेदी, शारदाप्रसाद त्रिताल, डा. शूरवीर पौड्याल, हिरण्यलाल श्रेष्ठले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सरकार निर्माण र सञ्‍चालनसम्बन्धी उत्तरदायित्व निर्वहन र अनुगमनको संविधान निर्दिष्ट वैध संसदीय संयन्त्रको अभावमा उत्तरदायित्वविनाको अधिकारको यथारुचि प्रयोग संवैधानिक, राजनीतिक र नैतिक दृष्टिले विधिको शासनविपरीत, स्वेच्छाचारी र अस्वीकार्य मानिन्छ। लोकतन्त्र र संविधानवादमा आधारित  सुशासनमा विश्वास गर्ने कुनै पनि सरकारले अहिलेको अवस्थामा दीर्घकालीन प्रकृतिका र नीतिगत निर्णय गर्दैन र गर्नु पनि हुँदैन,’’ विज्ञप्ति भनिएको छ । 

यस्तो अवस्थामा वैदेशिक मामिलामा त सरकारले कुनै सन्धि वा सम्झौता, समझदारी वा दीर्घकालीन दायित्व सिर्जना हुनेजस्ता काम गर्ने कुराको कल्पना पनि गर्न नसकिने विज्ञप्ति उल्लेख छ ।

“भ्रमणमा जानु नै पर्ने कूटनीतिक प्रतिबद्धताको अवस्था हो भने बृहत्तर राष्ट्रिय सहमतिविना कुनै पनि राष्ट्रिय सरोकारका मामिलामा मुलुकलाई न्यून लाभ हुने वा तत्काल न्यूनाधिक लाभ हुनेजस्तो देखिए पनि दीर्घकालमा त्यसबाट क्षति पुग्ने वा गम्भीर दायित्व सिर्जना हुने गरी सहमति जनाउने वा समझदारी गर्ने वा त्यसप्रकारको कुनै पनि दस्तावेजमा हस्ताक्षर गर्नेजस्ता काम-कारबाही नगर्न हामी हामी सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं,’’ विज्ञप्ति भनिएको छ ।

भ्रमणका क्रममा कोभिड-१९ विरुद्धको भ्याक्सिनको विषयलाई प्राथमिकतामा राख्‍न सकिने सुझाव दिइएको छ  ।

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  २२:०४
प्रतिक्रिया दिनुहोस्