site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुम्लामा हिमपात : जनजीवन प्रभावित, हवाई उडान पनि अवरुद्ध (तस्बिरसहित)

हुम्ला । हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । आइतबारदेखिको निरन्तर भइरहेको हिमपातका कारण सर्वसाधारणलाई आउजाउमा समेत समस्या परेको छ । 

सदरमुकाम सिमकोट र उत्तरी नाका नाम्खामा हिमपातसँगै चिसो बढेको स्थानीय गोकुल बुढाले जानकारी दिए । ‘‘हिउँ निरन्तर परिरहेको छ, अहिलेसम्म सिमकोटमा करिब एक फिट हिउँ जमेको छ,’’ उनले भने, ‘‘यो वर्ष हुम्लामा पहिलोपटक हिमपात भएको छ । विगतका वर्षहरुमा मंसिरबाटै हिमपात हुने गरेको थियो । यसपालि हिमपात ढिलो सुरु भयो ।’’
 
हिमपातका कारण हिल्सा, लिमी, याल्बाङ, मचु केर्मीमा पशुवस्तु गोठबाट बाहिर निकाल्न गाह्रो भएको स्थानीयको भनाइ छ । यस्तै सशस्त्र प्रहरी बलको टोलीले गस्ती गर्न छाडेको छ ।

सिमकोट विमानस्थलका प्रमुख विष्णु अधिकारीका अनुसार आइतबार एक्कासि हिमपात हुँदा हवाई उडान पनि अवरुद्ध भएका छन् । तारा एयरको जहाजमा ब्याट्रीको सामान्य समस्या भएको थियो । ‘‘अर्को जहाजले प्राविधिक टोली ल्याएर आएको थियो,’’ उनले भने, ‘मर्मत गरी फर्कने बेला मौसम परिवर्तन भई हिमपात हुँदा यस्तो अवस्था आएको हो ।’’ 
मौसम खराब भएपछि जहाज सिमकोटमै रोकिएको तारा एयरले जनाएको छ ।

‘‘दुईवटा जहाज यतै थन्किएका छन् । नेपालगन्ज, सुर्खेत, काठमाडौं जाने यात्रु सिमकोटमै रोकिन बाध्य छन्,’’ अधिकारीले भने । मुगु, बाजुरा, हुम्लालगायत अधिकांश उच्च हिमाली जिल्लाका आसपास क्षेत्रका हिमाल तथा डाँडापाखा हिउँले सेताम्मे भएका छन् ।

 

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro