site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सार्वजनिक बसमा टेलिकमको निःशुल्क वाईफाई
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल टेलिकमले साइबरनेटिक्ससँगको सहकार्यमा सार्वजनिक सवारीसाधनमा ‘एनटी बस इन्टरनेट’ सेवा सुरु गरेको छ । मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले सेवा सञ्चालन गरेको टेलिकमले जनाएको छ । यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्याय र साइबरनेटिक्स प्रालिको तर्फबाट अध्यक्ष जेम्स न्याछ्योँले हस्ताक्षर गरेका थिए ।

टेलिकम प्रवक्ता प्रतिभा वैद्यले अब लामो तथा छोटो दुरीका यात्रुहरुले यात्राका क्रममा वाईफाईमार्फत निःशुल्क इन्टरनेट, भिडियोलगायत मल्टिमिडिया सेवाको मजा लिन सक्ने बताइन् । टेलिकमका अनुसार उक्त सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारीसाधनहरुमा प्रयोग गर्न सकिनेछ ।

Agni Group

यो ‘डब्लुसिडीएमए’ वा ‘सिडीएमए’ प्रविधिबाट सञ्चालन हुने भएकोले नेपाल टेलिकमको ‘सिडिएमए’ नेटवर्क भएको जुनसुकै ठाँउमा उक्त सेवा सञ्चालन हुन सक्नेछ । यात्रुहरुले आफ्नो स्मार्टफोन, ल्यापटप, ट्याबलेटलगायतमा वाईफाई कनेक्ट गरी इन्टरनेट चलाउन सक्ने टेलिकमको भनाइ छ । उक्त सेवा सुरु गर्ने सवारीसाधनलाई एकपटकको लागि निःशुल्क रिम कार्डसहित १० जिबी डाटा टेलिकमले उपलब्ध गराउनेछ । 

 

Global Ime bank

\"\"

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १२, २०७४  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC