site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
स्वास्थ्य मन्त्रालयलाई सर्वाेच्चले साेध्याे : पीसीआर परीक्षणमा किन शुल्क ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वाेच्च अदालतले कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि गरिने पीसीआर निःशुल्क गर्न माग गर्दै दायर रिटमा स्वास्थ्य मन्त्रालयसँग जवाफ माग गरेकाे छ । न्यायाधिश हरि फुयाँलकाे इजलाशले पीसीआर परीक्षणमा शुल्क किन लिइएकाे हाे साेबारे लिखित जवाफ पेश गर्न आदेश गरेकाे छ ।

आइतबार अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र ओलीले सरकारले जनस्वास्थ्य सेवा ऐन विपरित पीसीआर परीक्षणको शुल्क लिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । अधिवक्ता ओलीले मंगलबार सर्वाेच्चले स्वास्थ्य मन्त्रालयसँग जवाफ माग गर्ने आदेश गरेकाे जानकारी दिए । अन्तरिम आदेश दिनेकि नदिने भनी असाेज ८ गते स्वास्थ्य मन्त्रालयलाई छलफलका लागि बाेलाएकाे छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जनस्वास्थ्य सेवा ऐनको दफा ३ को उपदफा ४ (ग) मा प्रसरुवा रोगको उपचार निःशुल्क हुने व्यवस्था भए पनि सरकारले शुल्क तोकेको रिटमा जिकिर गरिएकाे छ । रिटमा संविधान र कानुनले गरेको व्यवस्थाविपरीत शुल्क लिन दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय उत्प्रेषणको आदेशले बदर, खारेजी गरी निःशुल्क परीक्षण गराउनु भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा परमादेश जारी गर्न माग गरिएको छ।

‘कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले नै सरुवा रोग हो भनी घोषणा गरिसकेको छ। संविधानको धारा ३५ मा मौलिक हकका रुपमा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ, सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ’, रिटमा भनिएको छ, ‘सरुवा रोगको उपचार निःशुल्क पाइने जनस्वास्थ्य सेवा ऐनको दफा ३ को उपदफा ४ (ग) मा प्रस्ट व्यवस्था छ। संविधान र कानुनले गरेको व्यवस्थाविपरीत शुल्क लिन दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय उत्प्रेषणको आदेशले बदर, खारेजी गरी निशुल्क परीक्षण गर्नु र गराउनु भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा परमादेश जारी गरी पाउँ।’

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  ०७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC