site stats
बाह्रखरी :: Baahrakhari
विशेष
२४ घण्टामा विश्वमा १ लाख ५ हजार संक्रमित थपिए

काठमाडौं । कोरोना संक्रमितको संख्या पछिल्लो २४ घण्टामा अघिल्ला केही हप्ताको तुलनामा बढेको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा १ लाख ५ हजार २९४ कोरोना संक्रमित थपिएका छन् ।

केही हप्ता यता दैनिक थपिने संक्रमितको संख्या १ लाखभन्दा कम रहने गरेको थियो । तर पछिल्लो २४ घण्टामा यो संख्या अघिल्ला दिनहरुको तुलनामा बढेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तथ्यांक अनुसार सबैभन्दा धेरै अमेरिकामा २७ हजार २६२ संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् । अमेरिकामा केही हप्तादेखी यो संख्या २० हजारको सेरोफेरोमा थियो । 

ब्राजिलमा १६ हजार ७३०, रुसमा ८ हजार ८४९, भारतमा ६ हजार १९८, पेरुमा ४ हजार ७४९ कोरोना संक्रमित एकै दिन थपिएका छन् । 

हालसम्म विश्वमा संक्रमितको संख्या ५१ लाख ८८ हजार ७०५ पुगिसकेको छ । यसमध्ये २० लाख ७८ हजार ४८७ निको भइसकेका छन् । 

कोरोनाका कारण ३ लाख ३४ हजार ५७ जनाको मृत्यु भइसकेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  ०६:१८
प्रतिक्रिया दिनुहोस्