site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यूएनएफपीएले दियो सरकारलाई बाह्र सय पीपीई

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको प्रयासमा सहयोग पुर्‍याउने प्रतिबद्धताअनुरूप संयुक्त राष्ट्र जनसङ्ख्या कोष (यूएनएफपीए) ले एक हजार २ सय थान व्यक्तिगत सुरक्षा कवच (पीपीई) किट्स नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । 

नेपाल, चीन र यूएनएफपीएबीचको दक्षिण–दक्षिण साझेदारी पहलअन्तर्गत चीन सरकारबाट उपलब्ध किट्सहरू प्रदान गरिएको हो । तीन करोड ४ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको पीपीई किट्समा सर्जिकल मास्क, एन ९५ मास्क, फेस सिल्ड, आई गगल्स्, हेड कभर्स, सु–कभर्स, लङ स्लिभ् इम्पर्भियस गाउन, डिस्पोजेबल ब्याग र गम् बुट्स रहेको जनाइएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

पीपीई किट्सहरू ग्रहण गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले यसले कोभिड १९ को महामारी प्रतिकार्यमा महत्त्वपूर्ण र ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

“नेपालमा कोभिड १९ सङ्क्रमणको बढ्दो संख्या पुष्टि भएसँगै धेरै मानिसमा परीक्षण र उपचारको आवश्यकता भएकाले अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको रक्षा गर्नु महत्त्वपूर्ण छ । यस समयमा उनीहरूको कार्यस्थलको वातावरणका साथै स्वास्थ्य र मनोसामाजिक सम्बन्धी आवश्यकताहरूमा ध्यान दिनुपर्छ,” नेपालका लागि यूएनएफपीएका देशीय प्रतिनिधि लुब्ना बाकीले भने । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement