site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हावाहुरीद्वारा केराखेती नोक्सानी
Tiktok banner adTiktok banner ad

चितवन । पूर्वी चितवनमा हावाहुरीले ठूलो परिमाणमा केराखेती नोक्सान गरेको छ । भारी वर्षासहित शुक्रबार बेलुकीको आएको हावाहुरीले करिब एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ । हावाहुरीले रत्ननगर, कालिका, राप्ती नगरपालिकादेखि पिप्लेसम्मको केरा नष्ट गरेको हो । यस्तै पश्चिम चितवन क्षेत्रका केरा बारीसमेत नोक्सान भएको कृषक बताउँछन् ।

बन्दाबन्दीका कारण तयार भएको केरा बजारमा लैजान नसकेको अवस्थामा हावाहुरीले सयौँ किसानका केरा नोक्सान गरेको हो । कुन किसानको कति केरा नोक्सानी भएको भन्ने यकिन तथ्यांक आइनसकेको केरा उत्पादक संघका निवर्तमान अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए । उनले सबै तथ्यांक आउन केही दिन लाग्‍ने बताए ।

अन्य अन्‍नबाली धान, गहुँ, तोरीलगायत खेती गर्न छाडेर बैंकबाट ऋण लिएर केराखेती थालेका कृषकलाई प्राकृतिक प्रकोपले विनास ल्याउँदा बैंकको ब्याज कसरी तिर्ने, बालबच्चा कसरी पढाउने, मजदुरको पारिश्रमिक कसरी तिर्ने र पुनःखेती कसरी सिर्जना गर्ने भन्ने चिन्ता बढेको कृषकको दुखेसो छ । हावाहुरीका कारण पसाउन लागेका, पसाएका र निकाल्ने बेलाका केरामा क्षति पुगेको छ । जिल्लाकै पकेट क्षेत्र मानिएको यो क्षेत्रमा उत्पादन हुने केरा देशभरि नै खपत हुँदै आएको थियो ।

हावाहुरीकै कारण एउटै किसानको लाखौंको क्षति पुगेको छ । केही किसानले बोटको बिमा गरे पनि अधिकांश किसानले बिमा गरेका छैनन् । त्यसलै पनि अधिकांश कृषक चिन्तित छन् । यता रत्‍ननगरका केही केरा व्यवसायीले केरा नष्ट भए पनि अवलोकन गर्न समितिबाट प्रतिनिधि केराबारीमा नआएको गुनासो गरेका छन् । लकडाउनका कारण पूर्ण क्षति भएको र किसान आफैँ जान नसकेको व्यवसायी बाबुराम भट्टले बताए । -रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro