site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हाम्रो पात्रो अनि भाइबर सँगसँगै
Ghorahi CementGhorahi Cement

काठमाडौं । हाम्रो पात्रो नेपालमा भाइबरको आधिकारीक प्राविधक साझेदार भएको छ । हाम्रो पात्रोले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अब 'हाम्रो पात्रो' भाइबरको पब्लिक अकाउण्टमा समेत उपलब्ध भएको जानकारी गराएको छ ।  भर्खरै मात्र भाइबरले पब्लिक अकाउण्ट सम्बन्धि सुविधा सार्वजिनक गरेको थियो । भाइबरबाट हाम्रो पात्रोसम्म पुग्नका लागि http://chats.viber.com/HamroPatro  लिंक प्रयोग गर्न सकिने जनाएको छ। जसबाट प्रयोगकर्ताहरूले कुनै पनि ब्राण्ड अथवा उत्पादकलार्इ फलो गरेर दोहोरो शब्द संवाद गर्न सक्ने हाम्रो पात्रोले जनाएको छ ।

भाइबरमा 'हाम्रो पात्रो' को पब्लिक अकाउन्ट http://chats.viber.com/HamroPatro नेपालका थोरै मध्येको एउटा ब्राण्ड भएको समेत विज्ञप्तिमा उल्लेख छ । यस प्रविधिमार्फत् 'हाम्रो पात्रो'सँग जुट्नका लागि भाइबरमा गएर नेपालीमा 'हाम्रो पात्रो' अथवा अङ्ग्रेजीमा 'HamroPatro' सर्च गरी फलो गर्न सकिने कम्पनीले जनाएको छ । सामान्य कुराहरू टाइप गरी तत्कालै ताजा समाचार, तिथी-मिती, लोडसेडिङ्ग तालिका, राषिफल, मौसम, विदेशी विनिमय दर, सुन-चाँदीको दरभाउ, दैनिक जनमत तथा अरू थुप्रै जिज्ञासाका जवाफ उपलब्ध गराएको हाम्रो पात्रो विभिन्न समय सन्दर्भका नागरिक मत तथा सर्वेक्षणहरूमा समेत सहभागी बनेको  छ । यसका साथै स्वचालित  सफ्टवेयरले अन्य जिज्ञासा तथा प्रश्नको तत्काल उत्तर पनि दिने विज्ञप्तिमा जनाइएको छ ।

Agni Group

कुनैपनि ब्राण्ड अथवा उत्पादकहरू भार्इबरमा उपलब्ध आफ्ना फलोअरहरूसम्म सहज रूपमा पुग्नका लागि हाम्रो पात्रोले 'Hamro ChatBot' पनि ल्याएको जनाएको छ । जसको प्रयोगबाट ब्राण्ड तथा उत्पादनहरूले आफ्ना फलोअरहरूसम्म तत्काल कुनै जानकारीलार्इ नोटिफिकेशनको रूपमा पठाउन, च्याट गर्न, भोटिङ्ग अथवा सर्वेक्षण गर्न, समाचार सम्प्रेषण गर्न अथवा यु  ट्युव भिडियो प्रशारण गर्न सक्नेछन् । 

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC