site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

त्रिशूली (नुवाकोट) । स्थानीय निकायको पुनः संरचनामा नुवाकोटमा १२ वटा मात्र स्थानीय निकाय हुने भएको छ । एक नगरपालिका र ६१ गाविस रहेको नुवाकोटमा पुनः संरचनापछि दुई नगरपालिका र १० गाउँपालिका कायम हुने भएको हो ।

जिल्लास्तरीय प्राविधिक समितिले आज दुई नगरपालिकासहित १० गाउँपालिकाको प्रस्ताव दलबाट पारित गराई पुनः संरचना केन्द्रीय आयोगमा पठाएको हो । जिल्लाका राजनीतिक दलबीच तीव्र विवादबीच पुनः संरचनामा केही असहमति राख्दै प्रस्तावमा सबै दलले हस्ताक्षर गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विशेषगरी विदुर नगरपालिकासँग सीमा जोडिएका सबै गाविसले विदुरमै गाविसलाई गाभ्न माग गरे पनि तुप्चे, गेर्खु, कल्याणपुर, चारघरे र खड्गभन्ज्याङका केही वडा मात्र थप गरिएको छ । साबिकमा ११ वडा रहेको विदुर नगरपालिकामा अब १३ वटा वडा बन्नेछ ।

यस्तै साबिकको इलाका नंं ४ अन्तर्गतका बेलकोट, जिलिङ, कुमरी, दुईपिपल, रातमाटे र मदानपुरका केही वडालाई थप गरेर बेलकोटगढी नगरपालिका प्रस्ताव गरिएको छ । जिलिङको बाघखोरमा केन्द्र प्रस्ताव गरिएको बेलकोट गढी नगरपालिकामा पनि १३ वटा वडा रहेका छन् । १० वटा गाउँपालिकामा दुप्चेश्वर गाउँपालिकाको केन्द्र समुन्द्रटार कायम गरिएको छ ।

Global Ime bank

यस्तै पञ्चकन्या गाउँपालिकाको केन्द्र मोठभन्ज्याङ रहेको छ । यस्तै सूर्यगढी गाउँपालिकाको केन्द्र चोकदे कायम गरिएको छ । ककनी गाउँपालिकाको केन्द्र रानीपौवामा कायम गरिएको छ । लिखु गाउँपालिकाको केन्द्र सूर्यमती १ मा, शिवपुरी गाउँपालिकाको केन्द्र सेराबगर, तारकेश्वर गाउँपालिकाको केन्द्र दाङसिं, मेघाङ गाउँपालिकाको केन्द्र दुडीमैदान, किस्पाङ गाउँपालिकाको केन्द्र किस्तापमा प्रस्ताव गरिएको छ ।

स्थानीय निकाय पुनः संरचना जिल्ला प्राविधिक सहयोग समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले प्रस्तावमा सकेसम्म नुवाकोटका सबै राजनीतिक दलको मतलाई र स्थानीयवासीबाट आएको जनमतलाई समेत ध्यान पु¥याएर पुनः संरचनाको प्रस्ताव तयार पारिएको बताए ।

प्रस्तावित स्थानीय निकाय तीनवटै निर्वाचन क्षेत्रमा चारवटाका दरले रहेका छन् । प्रस्तावमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा (नेपाल), राप्रपा, नयाँशक्ति नेपाल लगायतका दलले समर्थन गर्दै हस्ताक्षर गरेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  २१:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC