बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
काल्पनिक सूचीप्रति अख्तियारको ध्यानाकर्षण
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, कात्तिक २२, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही सञ्चारमाध्यमले आयोगले विभिन्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याएको भनी प्रकाशन गरेको सूचीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गरी सार्वजनिक पद धारण गरेका जोसुकै व्यक्तिद्वारा गरिएका अख्तियारको दुरुपयोग तथा भ्रष्टाचारजन्य कसुरमाथि छानबिन र अनुसन्धान गर्ने अधिकार आयोगमा रहेको स्पष्ट पारेको छ ।

सोहीबमोजिम आयोगले छानबिन तथा अनुसन्धानसम्बन्धि कार्य गोप्य रहने व्यहोरा जानकारी गराउँदै आयोगले आफ्ना गतिविधि प्रवक्ताद्वारा मात्र सार्वजनिक हुने उल्लेख गरेको छ । आयोग सूत्रको हवाला दिँदै प्रकाशित सूचीप्रति आयोगले त्यसलाई काल्पनिक भन्दै भ्रममा नपर्न आग्रह गरेको छ । रासस

Nepal Investment bank
Nepal Investment bank
सोमबार, कात्तिक २२, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्