site stats
बाह्रखरी :: Baahrakhari
राजनीति

काठमाडौँ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध मधेसवादी राजनीतिक दलका नेताहरुले भेटवार्ता गरेका छन् ।

नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीलाई उनी बस्दै आएको होटल ह्यातमा भेटवार्ता गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भेटका अवसरमा उनीहरुले दुई देशबीचको सम्बन्ध, मधेसवादी दलको चासोका साथै नेपालको संविधानमा देखिएको त्रुटिलाई सच्याउन गर्दै आएको आन्दोलनका बारेमा राष्ट्रपति मुखर्जीलाई जानकारी गराएका थिए ।

भेटपछि नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालको संविधान त्रुटिपूर्ण भएकाले त्यसलाई पूर्णता दिन आफूहरु लागिपरेको तथा त्यसमा भएका कमीकमजोरीलाई सच्याउन लामो सङ्घर्ष गर्नुपरेको जानकारी गराएको बताए ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झालगायतका नेताहरु सहभागी थिए ।

यसैबीच, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले पनि राष्ट्रपति मुखर्जीसँग सोही होटलमा शिष्टाचार भेट गरे ।

रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  ०७:१२
प्रतिक्रिया दिनुहोस्