site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
किन राखियो भारतका राष्ट्रपतिको मोटरमा नेपालको झण्डा ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा सुरक्षा र अन्य प्रबन्ध सरकारले अत्यन्त उच्च तहमा गरे पनि केही काम कूटनीतिक मर्यादा विपरित भएको विज्ञले टिप्पणी गरेका छन् । 
कात्तिक १७ गते बुधबार नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको मोटरमा भारतको मात्र भण्डा राखिनुपर्नेमा नेपाल र भारत दुवै देशको झण्डा राखिएकोमा कूटनीतिक विज्ञले विरोध प्रकट गरेका हुन् । नेपालकी राष्ट्रपति पनि सँगै भएको बेलामा दुवै देशको झण्डा मोटरमा राखिनु स्वभाविक भए पनि भारतीय राष्ट्रपति एक्लै चढेको मोटरमा पनि नेपालको समेत झण्डा राखिएकाले यो प्रश्न उठेको हो । 
नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी भारतका राष्ट्रपति प्रणव मुखर्जीको स्वागतार्थ बुधबार मध्यान्हमा त्रिभुवन विमानस्थल पुगिन । मुखर्जीको स्वागतका लागि प्रधानमन्त्री पनि विमानस्थलमा नै उपस्थित थिए । त्यहाँबाट फर्कने प्रबन्ध कसरी गर्ने भन्ने विषयमा शुरुमा नै अन्योल भयो ।
पाहुनालाई पछि पारेर नेपालकी राष्ट्रपति अघि आउन पनि मिलेन भने पाहुनालाई अघि लगाएको अवस्थामा फेरी शितल निवासमा उनलाई स्वागत गर्ने समकक्षी कोही नहुने भयो । त्यसैले दुवै देशको झण्डा राखेर एउटै मोटरमा सवारी चलाउने निर्णय भयो ।
राजाको पालामा पनि कुनै देशको राष्ट्राध्यक्षलाई विमानस्थलमा स्वागत गरेपपछि दुवै देशका राष्ट्र प्रमुख एउटै मोटरमा फर्कने चलन थियो । यसपल्ट नेपालकी राष्ट्रपति महिला भएकी कारण शुरुमा केही अप्ठेरो मानिए पनि उही परम्परा दोहो¥याइएको थियो । अर्थात राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जी एउटै मोटरमा राष्ट्रपति शितलनिवाससम्म आए । त्यसबेला मोटरमा दुवै देशको झण्डा फहराइएको थियो । तर त्यसपछि भारतका राष्ट्रपतिको मोटरबाट नेपालको झण्डा हटाइनु वा छोपिनुपर्ने भए पनि त्यसो भएन ।
बुधबार साँझ भारतका राष्ट्रपति मुखर्जीले उपराष्ट्रपति नन्द किशोर पुनसँग आफू बसेको होटल ह्यातमा वार्ता सकाएर नेपालकी राष्ट्रपतिले उनको सम्मानमा सोल्टी होटलमा दिएको रात्रीभोजमा जाँदा पनि उनको मोटरमा दुवै देशको झण्डा राखिएको थियो । यसरी भारतीय राष्ट्रपति एक्लै बसेको मोटरमा किन दुवै देशको झण्डा राखियो भन्ने विषयमा सवारी चलाउने बेलामा सुरक्षा निकायबीच प्रश्न उठेको भएतापनि परराष्ट्र मन्त्रालयले यसरी नै गर्नु भनेको छ भनेर त्यतिकै मोटर चलाइएको थियो ।  त्यस्तै झण्डा बाहेक सहिदलाई माल्यार्पणको विषय पनि विवादित भएको छ ।
हरेक देशका राष्ट्र प्रमुखको भ्रमणको एउटा मुख्य पाटो सहिदलाई माल्यार्पण गर्नु हुन्छ । नेपालमा अहिलेसम्म राजकीय भ्रमणमा आएका सम्पूर्ण राष्ट्र प्रमुखले सहिदको सम्मानमा माल्यार्पण गर्ने गरेका थिए तर यसपल्ट सो कार्यक्रम राखिएको छैन । भारतका राष्ट्र प्रमुख आएर नेपालका सहिदलाई सम्मान गर्ने कार्यक्रम नहुनुलाई पनि कूटनीतिज्ञले प्रश्नसूचक आँखाले हेरेका छन् ।
तस्बिर ः भारतीय राष्ट्रपतिलार्इ विमानस्थलमा स्वागत गरेर बुधबार शितलनिवासतर्फ लैजाँदै राष्ट्रपति विद्या भण्डारी (रासस)
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  १०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC