बाह्रखरी
भर्खरै
sticky  ncell
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
डा. केसीको समर्थन किन ? नवीन शर्मा
बाह्रखरी - बुधबार, असार २९, २०७३
Laxmi Bank
Laxmi Bank

 

नवीन शर्मा

डाक्टर गोविन्द केसीको सातौं अनशनसम्म एकमतले समर्थन गर्नेहरू पनि आठौँ अनशन र राखिएका मागका कारणले हो कि स्पष्ट मुखरित हुन नसकेको वा फरक मत राख्न थालेको देखिएको छ । त्यस्ता संकेत वा  भाषामा 'र', 'तर', 'यसोभन्दा यसो', 'उत्तम विकल्प' भन्ने टिप्पणीसहित आउन थालेको छ । सामाजिक संजालमा मात्र हैन व्यक्तिगत भलाकुसारीमा पनि यही प्रवृत्ति दिखएको छ ।

Rohto Landing

Agani Group

व्यक्तिगत जीवन आफ्नै परिश्रम र पेसाले अनियमित कार्य गर्नु नगरिकनै विलासपूर्वक बिताउन सक्ने क्षमता भएका र हाम्रोजस्तो रबाफको सम्मान हुने समाजमा जन्मे हुर्के भए पनि डाक्टर केसीले किन यो अनिमियतताको भीमकाय जालो फिजाइसकेको र अत्यन्त नाफामूलक व्यापारका रूपमा स्थापित चिकित्सा शिक्षा क्षेत्रलाई त्यो पनि अनशनजस्तो अहिंसात्मक र अन्तिम परिणाम आफ्नै मृत्युसम्म हुने जोखिमको बाटोबाट चुनौती दिने आँट गरे होलान् ? यो प्रश्न उनले पहिलो अनशन सुरु गरेदेखि नै उठिरहेको थियो र छ । यसको सही उत्तर डाक्टर केसीसँगैको अन्तरंग भलाकुसारीबाट पाउन सकिएला तर त्यो कम्तीमा तत्काल सम्भव भएन । तर सचेत नेपालीका रूपमा भने उनका मागको आधारमा समर्थन वा विरोध गर्नेमात्र होइन कि उनको अभियानमा लागेर यो बेथितिको अन्त्य गरी आफ्नो र सन्ततिको स्वास्थ एवं सही उपचार पाउने अधिकारको रक्षा गर्नुबाहेकको विकल्प सायद हामी कसैसँग पनि रहेन ।

मेरी ७८ वर्ष पार गरिसकेकी र केही दीर्घ रोगबाट पीडित आमा उहाँसँग भेट्न आउनेहरूलाई आफ्नो बाँच्ने रहर नभएको र मरेर कसैलाई केही फरक नपर्ने भनिरहनु हुन्छ । तर व्यवहारमा भने मध्यरतमा अलिकति ज्वरो वा केही दम बढ्दा अस्पताल लैजान थोरै ढिला भए अर्को दिन आउने आफन्त वा विदेशमा रहेका अन्य छोरासँग आफूले समयमा उपचार नपाएको गुनासो गर्न बेरै लगाउनु हुन्न । यही उदाहरण पिन सबैलाई आफ्नो जीवन कति प्यारो हुन्छ र बाँची रहने कति चाहना हुन्छ भन्ने बुझाउन पर्याप्त होला । तर,  धेरै बिरामी र तिनका आफन्तमा अस्पतालमा गएर उपचार होइन मृत्युवरण गर्नुपर्ने हो कि भन्ने शंका बढी हुने गरेको छ । उपचारपछि निको भए पनि त्यहाँ लाग्ने खर्चले परिवार नै कंगाल हुनेसम्मको अवस्था हुन्छ ।  अस्पतालसम्म पहुँचै नहुने सहरवासी हुन् वा दूरदराजका बासिन्दा तिनको कथाव्यथा झन् दयनीय छ ।

sarbottam cement

भौतिक सुविधा र आर्थिक अभावका कारण अस्पतालसम्म पहुँच नै नहुनु, भए पनि उपचार प्रक्रियामा अस्पताल र डाक्टरप्रति विश्वस्त हुन नसक्नु, घाँटीको उपचार गर्न जाँदा पाठेघर झिकेर फालिनु, अस्पतालमा डाक्टर र व्यवस्थापनको लापरबाहीले मृत्युवरण गर्नपर्नु, जेहेनदार विद्यार्थीको चिकित्सा शास्त्र शिक्षामा भर्ना पाउने अवसर अत्यन्त कम हुनु, स्तरीय उपचार पाउन विदेश नै धाउनुपर्ने जस्ता बेथिति हाम्रो स्वास्थमा व्याप्त रहेको अवस्थाप्रति कोही पनि अनभिज्ञ छैनन् ।

डाक्टर र अस्पतालले जतिसुकै जनाको उपचार गरोस् वा सेवा देओस् तर तिनको लापरबाहीका लाखमा एक जनाको ज्यान गए पनि त्यो क्षम्य हुँदैन । मानिनसको एकबारको जुनी गएपछि त सकियो । व्यक्ति आफू जानेमात्र होइन बाँच्नेलाई पनी पीडा र निको नहुने घाउ छाडेर जान्छ । दुर्भाग्यवश, हाम्रो देशमा डाक्टर र अस्पतालको लापरबाहीले यस्तो अमूल्य जीवन बिनाकारण समाप्त हुने र त्यसलाई अस्पतालले क्षतिपूर्ति बापत भन्दै पैसा तिरेर उम्केका खबर प्रायः पढ्न सुन्न पाइन्छन् । यी त उपचार प्रक्रियामा चनाखो भएर निगरानी राख्ने र गलत पद्धति विरुद्द आवाज उठाउन सक्नेका समाचार हुन् । आवाज नसुनिने र पहुँच नपुग्नेका घटना त बाहिर आएकै हुँदैनन् ।

सरकारी अस्पतालमा समेत नक्कली डाक्टर भेटिनुले यस क्षेत्रको भयावह स्थितिको अनुमान सहजै गर्न सकिन्छ । किन र कसरी उत्पादन भए नक्कली डाक्टर र तिनले कसरी पाए अभ्यास गर्ने अनुमति ? मानव उपचारजस्तो संवेदनशील क्षेत्रमा लाग्ने डाक्टरलाई अनुमति दिनुभन्दा पहिले नै तिनको प्रमाणपत्र सक्कली वा नक्कली के हो अर्थात् अभ्यास योग्य हो कि होइन भनेर किन जाँचिदैन ? प्रमाणपत्र सक्कली नै भए पनि तिनको गुणस्तरमा प्रश्न गर्ने ठाउँ किन रहन्छ ? भौतिक सुविधा एवं विषयगत प्राध्यापकको अभाव रहेका मेडिकल कलेजहरूलाई क्षमताभन्दा बढी विद्यार्थी पढाउने अनुमति किन दिइन्छ ? यी र यस्तै प्रश्नले पछिल्ला केही समय अधिकांश नेपालीका मनमा उठेका छन् । तर यस्ता विकृतिविरुद्ध बोलिदिने को? यसको अंन्तर्य जानेर त्यसैमा चासो राखेर हिँडिदिने को ?

स्वास्थ क्षेत्रका यी सबै विकृति नजिकबाट नियालेका, भोगेका र देखेका प्राध्यापक डाक्टर गोविन्द केसी यस विषयमा बोल्न र विकृतिविरुद्ध लड्न तयार त भए तर हाम्रो समाज कति दुबिधामा र परनिर्भर  रहेछ भने आफ्नै स्वास्थसँग जोडिएको यस्तो विकृति उजागर गरिदिँदा र त्यसविरुद्ध आन्दोलित हुँदा पनि डाक्टर केसीको अभियान सन्देह र आलोचना मुक्त हुन सकेन । के साच्चै डाक्टर केसी कसैद्वारा प्रायोजित वा जिद्दी, हठी र मानसिक रोगी नै हुन त् ? हुन् भने प्रायोजन गर्ने संस्था र समूहको पहिचान गराउनु तथा उनको उपचार गराउनु पर्छ । होइन भने उनको अभियानमा सरिक भएर स्वास्थ क्षेत्रको विकृति सुधारेर आफ्नो र सन्ततिको बाँच्न पाउने अधिकारको रक्षा गर्नुबाहेक अर्को विकल्प नेपाली समाजको मध्यम र निम्नमध्यम वर्गसँग अरू केही छ र ? धनाढ्य वर्ग त उपचार गर्न विदेश जाला । दूरदराजमा छन् तिनीहरू त यसै उसै पीडित र बेखबरै छन् । तर, जो सुसूचित छन् तिनले पनि यस्तो बेथिति विरुद्ध साथ नदिने हो भने को लागिदिने हो त ?

अब कुरो रह्यो डाक्टर केसीको विश्वसनीयता र नेतृत्वको । हालका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय संसदीय चुनावताका प्रचारमा निकै आक्रामक र सक्रिय रहे । फलस्वरूप उनले सफलता पनि हासिल गरे । प्रचारका क्रममा उनले प्रयोग गरेको एउटा थेगो थियो 'कोही ना मेरे आगे कोही ना पिछे'। यो थेगो उनले आफू एक्लै रहेको र आफ्नो कुनै सन्तान नरहेको हुँदा मैले जे गर्छु देशको र जनताको लागि गर्छु, मबाट पारिवारिक झैझमेलामा फस्ने काम हुन्न र मेरो पारिवारिक मोह छैन भन्ने आशयमा प्रयोग गर्नेगरेका थिए । साथै उनको यो भनाइ भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी र उनको परिवारप्रति लक्षित थियो । त्यसैगरी आफ्नो व्यक्तिगत पारिवारिक जीवन नभएका, जीवनको अधिकांश समय अस्पताल र बिरामीको सेवामै बिताएका र आफ्नो निजी क्लिनिकसमेत नभएका डाक्टर केसीले किन र कसका लागि ज्यान जोखिममा राखेर यत्रो सत्याग्रह गर्न चाहेका होलान् र ? उनी कसैकसैले आरोप लगाएजस्तो प्रायोजित नै हुन् भने पनि कुन प्रयोजनका लागि उनी प्रायोजित हुने आँट गरे होलान् ? यी र यस्ता कुराको गहन र गम्भीर विश्लेषण गरेर उनको अभियानमा नैतिक समर्थनमात्र होइन आफैँ सरिक भएर अगाडि आउनुको विकल्प कम्तीमा नेपालका सचेत मध्यम वर्गसँग रहेको देखिँदैन ।  हेर्दै जाउँ के के हुने हो !     

[email protected]

           

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, असार २९, २०७३ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्