site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । दुई देशबीच भएका विभिन्न सम्झौता कार्यान्वयन गर्ने सहमतिका साथ नेपाल–भारत संयुक्त आयोगको चौथो बैठक बिहीबार सम्पन्न भएको छ । 
भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न परराष्ट्रमन्त्री स्तरिय आयोगको  बैठकमा भारतको सहयोगमा निर्माणाधिन र निर्माण हुन लागेका परियोजना सम्पन्न गर्ने विषयमा विस्तृत छलफल भएको थियो । 
बैठकमा महाकाली पुल र सिंचाई आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गर्ने सहमति भएको छ । यी दुबै परियोजनालाई दुई देशबीच २ वर्षअघि सहुलित ऋण लिनेदिने सम्झौता भएको थियो । बैठकले तराइमा पहिलो चरणको सडकको निर्माण सुरु गर्ने, तराईमा दोस्रो चरणमा सडक निर्माणका लागि भारतले सहयोग गर्ने सम्झौता भएको छ ।
यस्तै बिराटनगर–जोगवनी र बर्दिबास–बिजुलापुर–जयनगर रेल लिंक आयोजना निर्माणका अतिरिक्त नेपालगञ्ज रोड, काँकडभिट्ट–न्यु जलपाइगुडी र भैरहवा–नौतुहनवा सडक आयोजना सम्पन्न गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । हेटौडामा पोलिटेक्निक इन्स्टिच्युट निर्माण, पुनःनिर्माणका लागि भारतले दिने भनेको अनुदानको आयोजनाहरु छनौट गर्ने विषयमा सहमति भएको छ । 
नेपाल–भारत सम्बन्धका विषयमा राजनीतिक, सुरक्षा र सीमा, आर्थिक विकास सहयोग, पुर्वाधार विकास, व्यापार र पारवहन, ऊर्जा र पानी, संस्कृति तथा शिक्षाका विषयमा बैठकमा वृहत रुपमा पुनरावलोकन भएको थियो । यसलाई परिणाममुखी बनाउने विषयमा दुई देशबीच समझदारी भएको छ । 
सो अवसरमा नेपालले व्यापार बढाउन ठोस उपाय अपनाउन र भारतीय पक्षबाट लगाउँदै आएको भन्सार र शुल्क हटाउन, उत्पत्तिको प्रमाणपत्र र क्वारेन्टाइन प्रतिवन्ध खुलाउन भारतीय पक्षलाई अनुरोध गरेको थियो । दुबै पक्षबीच यी समस्या समधान गर्न नेपाल र भारतका गुणस्तर तथा नापतौल विभागबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने विषयमा सहमति भएको छ । 
नेपालले पर्यटन प्रवद्र्धनमा सहयोग गर्न अनुरोध गरेको थियो । नेपालले विद्युत व्यापार सम्झौता (पीटीए) अनुसार विना अवरोध विद्युत व्यापार गर्न दिनु पर्ने प्रस्ताव गरेकोमा भारतीय पक्षले यसका लागि नियमावदी बनाउने काम भइरहेकाले छिट्ट अवरोध हटने जानकारी गराएको थियो । 
बैठकले पञ्चेश्वर परियोजनाको काम अघि बढाउन आवश्यक विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को परीक्षण सम्पन्न गर्न दुबै पक्ष सहमत भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । नेपालले महाकाली सन्धि अनुसार नेपालतर्फ पानीको वहाव बढाउन लिंक नहर सम्पन्न गर्न जोड दिएको छ । 
बैठकको सह–अध्यक्षता परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र भारतका विदेश राज्यमन्त्री एम जे अकबरले गरेका थिए । संयुक्त आयोगको पाँचौ बैठक आपसी सुविधामा तय गर्ने सहमति भएको छ ।   
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC