site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संविधान संशोधन र कार्यान्वयनप्रति सरकार प्रतिबद्ध छ : मन्त्री लेखक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
उदयपुर । भौतिक पूर्वाधार र यातायात मन्त्री रमेश लेखकले संविधान संशोधन र कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । 
नेपाल प्रेस युनियन उदयपुरले आज गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “मधेसी तथा जनजातीको जायज माग पूरा गर्नका लागि सरकारले संविधान संशोधन गर्ने गृहकार्यमा लागेको र अब केही हप्तामा नै यो कार्य पूरा हुने छ ।” 
मन्त्री लेखकले सरकारको मुख्य प्राथमिकता भनेको नै संविधान संशोधन गरी यसलाई सर्वस्वीकार्य बनाउने बताउँदै संविधान कार्यन्वयनका लागि तिन तहको निर्वाचन गराउनेतर्फ सरकार पूर्ण प्रतिवद्धताका साथ कार्य गरिरहेको छ भने । 
संविधान संशोधनका लागि प्रमुख तिन दल र साना दल समेतको सहभागितामा पटक/पटक छलफल भएको र सबैको सहमतिमा नै यो कार्य पूरा हुने विश्वास पनि उनले व्यक्त गरे । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगका विषयमा कांग्रेसले आश्यक प्रक्रिया पुर्‍याएर मात्र निर्णय गर्ने बताउँदै यो प्रकरणमा दल भन्दा पनि जनमत र संसद्मा सांसदको बहुमत धारणा बुझेर मात्र काँग्रेस छिट्टै निर्णयमा पुग्ने विचार व्यक्त गरे । रासस
 
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३  १२:४६
प्रतिक्रिया दिनुहोस्