site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महानगरका कर्मचारीको असहयोगले लोकमान सिंह कार्कीको घरमा सूचना टाँस हुन सकेन, अब के हुन्छ ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको घरमा सर्वोच्च अदालतका तामेलदारहरुले बुधवार पर्चा खडा गरी म्याद तामेलको प्रयास गरे पनि सफल हुन सकेन ।
कार्कीको घर पुरै भाडामा लागेको भन्दै म्याद तामेली नगरी टोली फिर्ता भएको हो ।  तामेलदार शम्भु खत्रीको नेतृत्वमा गएको टोलीले ३÷४ घण्टासम्म पर्खिँदा पनि वडा सचिव सरिता राई उपस्थित नभएपछि म्याद तामेल हुन नसकेको हो ।
हाजिर गरेर निस्किएकी वडा सचिव अबेरसम्म पनि नआएपछि सर्वोच्चका तामेलदार फिर्ता भएका हुन् ।  “बिहीबार फेरि जाने तयारी छ,” स्रोतले भन्यो,“बिहीबार पनि महानगरका कर्मचारीले असहयोग गरे भने उनीहरूलाई पनि कारवाही हुन्छ । म्याद तामेलीमा सहयोग गर्नु उनीहरुको कानुनी दायित्व हो । असहयोग गरेको पाइएमा उनीहरुको बारेमा सुनुवाई पनि गर्नुपर्दैन । सिधै कारवाही हुन्छ ।”
अधिवक्ता ओम प्रकाश अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको नियुक्ति नै गलत भन्दै सर्वोच्चमा दायर रिटमा पुनः सुनुवाई हुने निर्णय सर्वोच्चको छ । त्यसपछि अख्तियार प्रमुख कार्की स–परिवार विदेशमा रहेपछि उनको घरमा म्याद(सूचना) टाँस गर्न सर्वोच्चबाट तामेलदार पुगेका थिए ।
“यदि सूचना टाँस गर्न असहयोग भैरह्यो भने पत्रपत्रिका, रेडियो र टेलिभिजनबाट पनि जानकारी गराउन सकिन्छ,” अर्यालले भने,“त्यो अवस्थामा पुग्नु भनेको थप बेइज्जती हुनु हो ।”
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १९, २०७३  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC