site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘राष्ट्रिय एकतामा प्रतिस्पर्धा हुँदैन’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय एकता र सार्वभौमिकताको विषयमा कुनै पनि दलसँग आफूले प्रतिस्पर्धा नगर्ने बताएका छन् । बिहीबारबाट राजधानीमा सुरु भएको माओवादी निकट पत्रकार संगठन ‘प्रेस सेन्टर नेपाल’को एकताको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै दाहालले राष्ट्रिय एकता र देशको सार्वभौमिकताबारे कुनै पनि पार्टीसँग प्रतिस्पर्धा नगर्ने बताएका हुन् । प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन गर्न सबै दल एकजुट हुनुपर्ने औंल्याए । प्रधानमन्त्री दाहालले आफ्नो सरकारले पत्रकारको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैगरी सूचना तथा सञ्चार मन्त्री राम कार्कीले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । मन्त्री कार्कीले राजपत्रमा जारी भइसकेको हुनाले पत्रकारको न्यूनतम पारिश्रमिक जसरी पनि लागु गर्ने प्रतिबद्धता जनाए ।  
अर्काे एक सन्दर्भमा मन्त्री कार्कीले सानो घटनालाई ठूलो बनाउने सन्दर्भमा हुँदै नभएको कुरालाई लेख्नेगरेको प्रती सचेत रहन पत्रकारलाई आग्रह गरे । उनले भने, “अहिले सार्वजनिक स्थानमा कुनै नेताले अर्काे नेतालाई गाली नगरे दर्शकको ध्यान तान्न नसकिने अवस्था आएको छ । पत्रकारितामा पनि यस्तो नहोस् कसैले कुनै समाचार लेख्दा आर्थिक लाभ पाएन त्यसैले लेखेन र लेख्यो भने केही पाएछ र लेख्यो भन्ने अवस्था नआओस् । पत्रकारले आफ्नो विश्वसनियता आफैले जोगाउनु होला ।”
९४ केन्द्रीय कार्यसमितिका लागि बिहीबारदेखि सुरु भएको सेन्टरको महाधिवेशन शुक्रबार सकिने सेन्टरले बताएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७३  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC