site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेपाल विद्यार्थी संघको दोस्रो बैठकमै विवाद देखिएको छ । संस्थापन पक्षले नेविसंघलाई एनजीओ बनाउन लागेको भन्दै पौडेल समूहको छुट्टै बैठक अनामनगरमा बसेको थियो ।  नेविसंघले भने केन्द्रीय समितिको बैठक सानेपामा बोलाएको थियो । “वरिष्ठताका आधारमा पोर्टफोलियो तय हुनुपर्छ भनेका थियौं तर त्यो गरिएन,” पौडेल समूहका नेता जयराम दाहालले भने,“त्यतिमात्र होइन, नेविसंघलाई एनजीओ जस्तै बनाउन लागियो । यसमा हाम्रो आपत्ति छ ।”
उनका अनुसार नेविसंघको इतिहासमै नभएको कार्यदल बनाउन लागिएको छ । कार्यदललाई विभिन्न काम दिएर एनजीओ बनाउन लागिएको उनीहरुको आरोप छ ।
दुवै पक्षको अहिले छुट्टाछुट्टै बैठक बसिरहेको छ ।
 
प्रकाशित मिति: सोमबार, असोज १०, २०७३  १७:५४
प्रतिक्रिया दिनुहोस्