राजनीति
काठमाडौैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १३ औं महाधिवेशनपछि आफूलाई पार्टीमा काम गर्न नसकेको भनेर आलोचना गरिएको बताएका छन् ।
काठमाडौंमा भएको एक कार्यक्रममा उनले १३ औं महाधिवेशनपछि पार्टीमा काम गर्न नसकेको भनेर आलोचना भएको बताउँदै सकेसम्म राम्रो गर्ने प्रयत्न गरेको बताए ।
उनले संविधान कार्यान्वयनका लागि पनि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताउँदै पुरानै इलाकालाई गाउँपालिका बनाएर जान प्रस्ताव गरे । उनले स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको संख्याका बारेमा अहिले विवाद भैरहेको बताउँदै पुरानै इलाकालाई गाउँपालिका मानेर निर्वाचनमा जान सकिने बताए ।
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७३ १६:५९
प्रतिक्रिया दिनुहोस्