site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मेलम्ची आयोजनाको प्रधानमन्त्रीद्वारा स्थलगत निरीक्षण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्न पुगेका छन् ।
शुक्रबार सांसद एवम् पूर्वमन्त्री अग्निप्रसाद सापकोटा, नेपाल सरकारका कामु मूख्य सचिव टंकमणि शर्मासहित मेलम्ची पुगेका प्रधानमन्त्रीले आयोजनाको स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणपछि आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न आयोजनाका कर्मचारीहरुलाई निर्देशन दिए । प्रधानमन्त्रीले भने, “म निरीक्षणका लागि भन्दा पनि अनुगमनका लागि आएको हुँ । राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुनुपर्छ भन्ने सरकारको स्पष्ट धारणा छ । त्यसैले म आफैले महत्व दिएर भ्रमणमा आएको छु । मेरो निर्देशन छ, निर्धारित समयभन्दा पहिल्यै आयोजना सम्पन्न गरेर पुरस्कृत हुनुहोस् ।”
 
प्रधानमन्त्रीले विकास आयोजना छिटो सम्पन्न गर्ने संस्कारमा प्रतिस्पर्धा गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए । प्रधानमन्त्रीले भने, “हामीकहाँ काममा ढिलाई गर्नमा प्रतिस्पर्धा हुने गरेको छ । सरकार चाहन्छ, सबै आयोजनाहरु समयमै सम्पन्न गर्ने कुरामा प्रतिस्पर्धा गर्ने संस्कारको विकास होस, सरकारलाई समयमै काम सम्पन्न गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने अवसर मिलोस् ।”
प्रधानमन्त्रीले सिन्धुपाल्चोक भूकम्प र प्राकृतिक प्रकोपबाट प्रताडित जिल्ला भएको भन्दै भूकम्प पीडितलाई राहत र पुनर्निर्माणको कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्रीले भने, सत्तामा अब राजा महाराजा छैनन, हामी जनताकै बीचबाट आएका प्रतिनिधि हौं । जनताको पक्षमा काम गर्न पाउँदा मलाई विशेष गर्वको महशुस हुन्छ । भूकम्पपीडितको पक्षमा प्रभावकारी काम गर्न सरकार प्रयत्नशील छ ।” कार्यक्रममा सिन्धुपाल्चोकका सांसदद्वय अग्निप्रसाद सापकोटा र शेरबहादुर तामाङ लगायतका वक्ताहरूले मेलम्ची आयोजनाको प्रगति र राष्ट्रिय महत्वबारे आफ्नो धारणा राखेका थिए ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७३  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC