जाजरकोट । यहाँका स्वास्थ्य संस्थाबाट परिवार नियोजन सेवा लिनेको सङ्ख्या घटेको छ । लगातारको बसाइ सराइ र वैदेशिक रोजगारीका कारण अघिल्लो सालभन्दा यो सालमा एक तिहाइले परिवार नियोजन सेवा लिनेको सङ्ख्या घटेकोे हुन सक्ने बताइएको छ ।
आर्थिक वर्ष २०७१/७२ मा पिल्स चक्की एक हजार ५११, डिपो सुई तीन हजार ४६१, आयुसिडी २४७, इम्पलान्ट ८२२ र भेक्सिटोमी १४८जनाले सेवा लिएका थिए भने आव २०७२/७३ मा पिल्स एक हजार ७१, डिपो दुई हजार ६४६, भेक्सिटोमी ७०, इमप्लान्ट ५६९ र आइयुसिडी ३५ जनाले सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क प्रमुख प्रचण्ड कार्कीले जानकारी दिए। जिल्लाका २६ गाविस र एक नगरपालिकामा रहेका सबै स्वास्थ्य संस्थाबाट उपलब्ध गराइएको सेवा केलाउँदा यो सेवा लिनेको संख्या घटेको पाइएको हो ।
रासस