बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
फरार दुई अभियुक्त पक्राउ
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, असोज ३, २०७३
Laxmi Bank
Laxmi Bank

सप्तरी । सप्तरी प्रहरीले बोक्सीको आरोपको मुद्दामा फरार दुई अभियुक्तलाई आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला अदालतबाट खटिएको संयुक्त टोलीले हनुमाननगर–९ निवासी ४० वर्षीय प्रमोद मण्डल र सोही स्थान निवासी ४५ वर्षीय प्रमानन्द मण्डललाई पक्राउ गरेको जनाएको छ । जिल्ला अदालत सप्तरीले बोक्सीको आरोप मुद्दामा प्रमोदलाई छ महिना कैद र प्रमानन्दलाई नौ महिना कैद तोकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

विद्युत् हुकिङ गर्ने पक्राउ

Duber nepal

Agani Group

नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण शाखा र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानबाट विद्युत् चोरी गरी उपभोग गर्ने एक दर्जनलाई आइतबार पक्राउ गरेको छ । संयुक्त टोलीले अनियन्त्रित हुकिङ प्रयोग गरी विद्युत् चोरी गरी उपभोग गर्दै गरेको अवस्थामा जिल्लाको कोचाबखारी, गोविन्दपुर, सखडा, इटहरी विष्णुपुर, बोरियाबाट एक दजर्न व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यसअघि करिब २८ जनालाई पक्राउ गरी प्रत्येक व्यक्तिबाट रु पाँच हजारका दरले जरिवाना लिई छाडिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

रासस

Nepal Investment bank
Nepal Investment bank
सोमबार, असोज ३, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्