देश
काठमाडौं । काठमाडौंबाट दशैं मनाउन घर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ असोज ७ गतेदेखि खुल्ने भएको छ । आइतबार यातायात व्यवस्था विभागको कार्यालयमा बसेको बैठकले काठमाडौंबाट दशैं मनाउन घर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ असोज ७ गतेदेखि खुल्ने निर्णय गरेको हो ।
सो बैठकमा यातायात व्यवस्था विभागका माहानिर्देशक, नेपाल प्रहरीका पदाधिकारी, ट्राफीक प्रहरी, यातायात व्यवसायी, मजदुर एवं सरोकारवाला संघ÷संघसंस्थाबीच भएको बैठकको निर्णयअनुसार असोज ७ गतेदेखि दशैंमा घर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुल्ने निर्णय भएको यातायात व्यवस्था विभागका माहानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौंलाले यहि असोज ७ गतेदेखि काठमाडौंका नयाँ बसपार्क, गौशाला, कलंकी, कोटेश्वर, पुरानोवसपार्क लगायतका स्थानमा अग्रिम टिकट बुकिङ खुल्ला गरिएका बताए ।
महासचिव सिटौलाले वर्षायामका कारण देशका विभिन्न सडक बिग्रीएकाले सडक विभाग, उपभोक्त र सरोकारवाला सबैले युद्धस्तरमा सडक निर्माणका लागि एकजुट भई कार्य गर्ने, असोज १० देखि ३० गते सम्म मुग्लिङ्ग– नारायणगढ सडकखण्ड निर्माण कार्यलाई स्थगित गर्ने, देशभरका निर्माण गर्न सम्भव भएकालाई सडकलाई जतिसक्दो छिटा निर्माण गर्ने, अस्थायी परमिटलाई युद्धस्तरमा वितरण गर्ने सहमती समेत भएको महासचिव सिटौलाले प्रष्ट पारे ।
दशैंको लागि काठमाडौंबाट बाहिरिने यात्रुलाई सहज वातावरण बनाउनको लागि असोज १ गतेदेखि नै बुकिङ खोल्ने तयारी भएपनि पनि विविध प्राविधिक कारणले ढिला भएको महासचिव सिटौलाले स्वीकार गरे ।
प्रकाशित मिति: आइतबार, असोज २, २०७३ १९:५१
प्रतिक्रिया दिनुहोस्