site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनआईसी एशिया बैंकका थप दुई शाखा सञ्चालनमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । एनआईसी एशिया बैंकले थप दुई शाखा सञ्चालनमा ल्याएको छ । २ नयाँ शाखा कार्यालयहरु अमरगढी, डडेल्धुरास्थित डडेल्धुरा शाखा अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा र दिपायल सिलगढी डोटीस्थित दिपायल शाखा दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले उद्घाटन गरेका छन् । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको जनाएको छ । बैंकको वासलातको आकार रू. १७७ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १५१ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार २७, २०७५  ११:४२
प्रतिक्रिया दिनुहोस्