site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
असार १५ र दही चिउरा 
Agni Group
Global Ime bank

असार १५ ले अझै पनि देशको कुल गार्हस्थ्य उत्पादनमा एक तिहाइ योगदान गर्ने कृषि क्षेत्रको महत्व सम्झाउँछ । सरकारले असार १५ लाई धान दिवसका रुपमा मनाउन लागेको एक दशकभन्दा धेरै भइसकेको छ । नेपालमा प्रमुख खाद्यान्न बालीका रुपमा रहेको धान उत्पादन बढाएर मुलुकलाई यसमा आत्मनिर्भर बनाउने उद्देश्य यस दिवसको हुनुपर्छ । विडम्बना, सरकारले प्रत्येक वर्ष धुमधामका साथ यो दिवस मनाए पनि चामल आयात भने बढिरहेको छ । प्रत्येक वर्ष अर्बौं रुपैयाँ बराबरको चामल आयात गर्नुपरेको छ । कृषि प्रधान देश भएर पनि नेपाली भान्छामा छिमेकी मुलुकबाट मात्र हैन तेस्रो मुलुकबाट समेत आयात गरिएको चामल पाकिरहेको छ । उता हामी गलैचामाथि राखिएको गमलामा धान रोपेर धान दिवस मनाउछौँ ।

देशको परिस्थिति जे जस्तो भए पनि मनसुन, झमझम वर्षा अनि असार १५ भन्नासाथ कृषिमा आश्रित जनता र कृषि पेसासँग सम्बन्धित सबैलाई अत्यन्त व्यस्त समय अर्थात् असारको माँचो भनेर बुझाउने गर्छ । त्यसमाथि असार १५ को दही चिउराले हाम्रो नेपाली पन, संस्कृति र हाम्रो प्राकृतिक आहार र बानीलाई वर्षको एकपटक भएपनि स्मरण गराइ दिन्छ । हाम्रा परम्परागत संस्कृति, पर्व र खानपान हेर्ने हो भने धेरैजसो वैज्ञानिक र स्वास्थ्यका हिसाबले पनि उपयुक्त छन् । 

जीवन प्रकृतिको एउटा अभिन्न अंग हो । प्रकृतिसंगै जीवन चल्छ र प्रकृतिमै जीवन समाप्त हुन्छ । यही नै जीवनको चक्र हो । हाम्रो जीवनसँग जोडिन आएका र बाँच्नका लागि आवश्यक हावा, पानी, जमिन, बोटबिरुवा सबै पञ्च तत्त्वसँग सम्बन्धित वस्तुहरुसँगै हाम्रो खानपान अर्थात् आहार जोडिएर आउँछ । मानिसलाई मायालु करुणावान, शान्त, सुन्दर, सरल र सहज बनाउनमा उसको खानपानको धेरै ठूलो भूमिका हुन्छ । हाम्रा हरेक संस्कृति र पर्वले कुनै न कुनै सन्देश दिएकै हुन्छन् । असार १५ र दही चिउराको परम्पराले हाम्रो यिनै प्राकृतिक गुण, प्राकृतिक खाना र प्रकृतिसँग नजिक हुँदै आफ्नै स्वभावमा बाँच्ने कला सिकाउदै आफूप्रतिको जागरणमा लाग्ने प्रेरणा प्रदान गर्न खोजेको हुनुपर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०७५  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC