site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घिमिरेलाई योगमाया सम्मान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाल स्रष्टा समाजले स्रष्टा एवं मानवअधिकारकर्मी दुर्गा घिमिरेलाई योगमाया नारी स्रष्टा सम्मान प्रदान गरेको छ । नवौं वार्षिक साधारण सभाको क्रममा बिहीबार राजधानीमा आयोजना गरेको ‘विशेष साहित्यिक कार्यक्रम’ मा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले घिमिरेलाई सम्मानपत्र प्रदान गरेका हुन् । घिमिरेलाई समाजका अध्यक्ष पवन आलोकले सम्मानवापत २५ हजार रुपैयाँ नगद प्रदान गरेका थिए ।
समाजका अध्यक्ष आलोकले घिमिरे २०३३ सालदेखि सामाजिक सेवामा संलग्न भई २०४४ सालदेखि हिंसापीडित महिलाका काममा लागि परेको बताए । समाजले सातौं नारी स्रष्टाका रुपमा घिमिरेलाई साहित्य लेखन र समाज परिवर्तनमा योगदान पु¥याएको भन्दै सम्मान गरेको समाजका सदस्य प्राडा गोविन्दमान सिंह कार्कीले बताए । कार्यक्रममा कूलपति उप्रेतीले आलोककै यात्रा उपन्यास ‘अरुण एक्सप्रेस’ र डा. नवराज सुब्बाको गीतगजलको संग्रह ‘मन र माटो’ को विमोचन गरेका थिए । समीक्षक महेश पौडयालले अरुण एक्सप्रेसले पाठकलाई नयाँ स्वाद दिने दाबी गरे भने अर्का समीक्षक ध्रुव मधिकर्मीले गीत र गजलले जीवन र जगतलाई समेटेको बताए । कार्यक्रममा वरिष्ठसाहित्यकार परशु प्रधानले समाजले नौ वर्षदेखि निजी क्षेत्रबाटै भए पनि अन्य देशसँग पनि साहित्यिक आदानप्रदान गरिरहेको र कृति प्रकाशनमा पनि महत्वपूर्ण योगदान पु¥याएको बताए ।
समाजको नवौं साधारण सभाले आलोकको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति छनोट गरेको छ । सर्वसम्मतबाट छनोट भएका पदाधिकारीमा विधान आचार्य उपाध्यक्ष, चेतनाथ कँडेल हरित महासचिव, पुष्पा खनाल कोषाध्यक्ष, तारा सुवेदी सचिव र प्रा डा गोविन्दमान सिंह कार्की, गोपीकृष्ण ढुंगाना, जानु धिताल, आर्या शाह, गोकुल अधिकारी र नवराज तिमिल्सिना सदस्यमा छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७३  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC