site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पाँचथर । फिदिमको मेची बोर्डिङ स्कूलको होस्टलमा बसेर पढिरहेका दुईजना विद्यार्थी पाँचदिनदेखि बेपत्ता भएका छन् । कक्षा ९ मा अध्ययनरत १५ वर्षीय पृथ्बी राई र ६ कक्षाका १४ वर्षीय वसन्त राई शनिबार राति १२ बजेदेखि बेपत्ता भएका हुन् ।

फिदिमका विभिन्न व्यक्तिको मोबाइल चोरेको भन्दै प्रहरीले पृथ्वीलाई विद्यालयबाटै शनिबार दिउँसो नियन्त्रणमा लिएको घटनापछि उनीहरु बेपत्ता भएका हुन् । अनुसन्धानबाट पृथ्वीले मोबाइल चोरेको पाइएपछि चोरेको मोबाइल प्रहरीमार्फत सम्बन्धितलाई फिर्तासमेत गराइएको थियो । त्यसपछि पृथ्वीलाई रातको १० बजे प्रहरीले विद्यालयलाई जिम्मा दिएको बुझिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विद्यालयमा ल्याएपछि आइन्दा त्यसो नगर्न भन्दै सम्झाउने हिसाबले पृथ्वीलाई सामान्य गाली गरेर सुत्न पठाएको प्रिन्सिपल सीता सेलिङले बताउनुभयो । सुत्न गएका पृथ्वी मिल्ने साथी वसन्तलाई लिएर शनिबार राति १२ बजे होस्टल छोडेर बेपत्ता भएको उहाँले सुनाउनुभयो । दुई बालक बेपत्ता भएपछि अभिभावक र विद्यालय प्रशासनमा तनाव उत्पन्न भएको छ ।

अभिभावक, विद्यालय प्रशासन र प्रहरीबाट व्यापक खोजी भइरहे पनि हालसम्म बेपत्ता दुई विद्यार्थी भेटाउन नसकिएको विद्यालयले जनाएको छ । च्याङथापु–३ घर भएका पृथ्वी नर्सरीदेखि नै मेची बोर्डिङमा पढ्दै आएका विद्यार्थी हुन् । पृथ्वीका बुबा जगदीश राईले मोबाइल चोरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गर्दासमेत आफूलाई विद्यालयले जानकारी नगराएको गुुनासो गरे । आफ्नो एउटा मात्र छोरा बेपत्ता हुनुमा विद्यालयको लापरबाही भएको पनि उनले दुखेसो गरे । पृथ्वीसँगै बेपत्ता भएका वसन्तको घर भने फिदिम–३ लालीखर्क हो ।

Global Ime bank

रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७३  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC