site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेपालका विभिन्न सरकारी तथा निजी अस्पतालमा काम गरेको अनुभवका आधारमा युएईको एक निजी अस्पतालमा काम गर्न पुगेका स्याङ्जा पुतलीबजार १३ का बालकृष्ण अर्याल छुट्टी मनाउन नेपाल आएका बेला प्रहरी फन्दामा परे । 
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी डाक्टर बनेका अर्यालले सन् २००६ मा नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाण समेत लिएका थिए । 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुुसार लाइफ लाइन अस्पताल झापामा अर्यालले २०६३ सालमा ३ महिना काम गरेका थिए । त्यस्तै ०६४ मा काठमाडौंको नयाँबानेश्वरमा रहेको एभरेष्ट नर्सिङ होम, बिनायक अस्पताल गोगंबु, नागरिक कम्यिुनिटी अस्पताल भक्तपुर, कान्तिपुर अस्पताल पाँचखाल र कास्की सेवा अस्पताल पोखरामा काम  काम गरेका थिए । 
ब्यूरोका अनुसार उनी करिव २ वर्ष पहिला युएईमा गएका थिए । उनी यूएईको मेडिस्ट पोलिक्लिनिकमा कार्यरत थिए । 
“ब्यूरोले पहिलेदेखि उनको फाईल पल्टाएर हेरेको थियो, उनी नेपाल आएको सूचना पाएका थियौं,” ब्यूरोका डीआईजी नवराज सिलवालले भने, “नेपालमा काम छाडेर युएई पुगेको भन्दै उनी पक्राउ परिँदैन भन्नेमा थिए । यसरी नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने डाक्टरलाई ब्यूरोले छाड्दैन ।”
अनुसन्धान अधिकारीका अनुसार अर्याल आईतबार कामको सिलसिलामा बाँसबारीस्थित नेपाल मेडिकल काउन्सिल जाँदै थिए । प्रहरीले उनलाई काउन्सिल परिसरबाट पक्राउ गरेको थियो । 
 
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७३  १७:४९
प्रतिक्रिया दिनुहोस्