site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
पात्र र प्रवृत्ति कि पार्टी ?

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएससगै त्यसकोे राप र ताप पनि बढ्दो छ । लोकतान्त्रिक र कम्युनिस्ट गठबन्धनमा विभक्त दलका नेता, कार्यकर्तालाई त निर्वाचनको राप र तापले छुने नै भयो सँगै  सर्वसाधारण मतदातालाई समेत निर्वाचनले छोइसकेको छ । चियापसलदेखि भट्टीसम्म निर्वाचनका बारेमा बहस हुनेगरेका छन् । 

नहोस् पनि किन ? संविधान जारी भएपछि पहिलोपटक निर्वाचन हुँदैछ । संघीयता कार्यान्वयनका लागि पहिलो पटक प्रदेश सभाको निर्वाचन हुँदैछ । यो नेपालीका लागि नौलो अभ्यास हो । निर्वाचनपछि मुलुक अस्थिरताबाट स्थिरतातर्फ जाला कि भन्ने आशा धेरैमा छ । मुलुक स्थिरताका बाटोमा हिँडोस् र समृद्ध बनोस् भन्ने चाहना कस्को पो छैन होला र ? त्यही कारणले पनि निर्वाचनप्रति उत्साह बढेको हो । 

यही मंसिर १० मा मतदान हुने पहिलो चरणको निर्वाचन प्रक्रिया नै सुरु भइसकेको छ । राजनीतिक दलले ‘खेलाडी’लाई  चुनावी मैदानमा पठाइसकेका छन् । मैदानका खेलाडीले विकास र समृद्धिका एजेन्डा असरल्ल पोख्दैछन्, जनतालाई  सपना बाँडिरहेका छन् । एजेन्डा, भाषण, आश्वासन, सपना वा रणनीति जे भन्नुस् ‘रिङ’ मा छिरेका ती खेलाडीको ‘चुनावी फाइट’ जित्ने ताकत नै त्यही हो । सँगै नोटसँग भोट साँटिने सम्भावना पनि छ । जे होस्, चुनाव लागेको छ । मैदानमा खेलाडी छन् । जनता दर्शक र रेफ्रीका रूपमा छन् । जनताले खेलाडीबीचको भिडन्त पनि हेरिरहेका छन् भने हराउने जिताउने जिम्मा पनि उनीहरूकै छ । 

Agni Group

नेपालको राजनीतिक इतिहासमा यो पटक नयाँ प्रयोग भएको छ । राजनीतिक दलहरूले गठबन्धनको अभ्यास सुरु गरेका छन् । यसका सकारात्मक र नकारात्मक पक्ष पनि होलान् । तर, मतदातालाई भने गठबन्धन नौलो लागिरहेको छ । हुनत, यसअघि भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरूले गठबन्धन बनाएका थिए । त्यस बेला स्थानीयस्तरमा सबै पार्टीबीच कतै न कतै तालमेल भएको थियो । अहिले भने केन्द्रीय स्तरबाटै कम्युनिस्ट र लोकतान्त्रिक गठबन्धनका रूपमा तालमेल भइरहेको छ । सायद, नेपालको राजनीतिक इतिहासमै यस्तो पहिलोपटक भएको हो । 

गठबन्धन निर्माण, पहिलो चरणको निर्वाचनको प्रक्रियाको आरम्भजस्ता कारणले पनि ‘चुनावी फाइट’ सुरु भइसकेको देखिन्छ । चुनावी सरगर्मी ह्वात्तै बढिसक्दा पनि मुख्य कुराको भने चर्चै भएको छैन । राजनीतिक दलले पठाएका खेलाडीका चर्चा परिचर्चा पनि भइरहेका छन् । तर, मतदाताले उम्मदेवारसँग राख्ने अपेक्षाका बारेमा चाहिँ कमै छलफल हुनेगरेका छन् । उमेदवार कुन पार्टीसँग सम्बन्धित छ ? उसले अनुमानित यति भोट प्राप्त गर्न सक्छ भन्ने आधारमा उसको जित वा हारको अनुमान गर्नमै हाम्रो ध्यान गएको छ । हामीले चिया पिउँदा होस् या दारु पिउँदा नै किन नहोस् यही कुरा गरेर समय खर्चिएका छौँ । अझ आपूmले समर्थन गर्ने दलको उमेदवार राम्रो अर्को दलको नराम्रो भनेर चर्को स्वरमा बहस गर्ने त हाम्रो पुरानै बानी हो । 

Global Ime bank

हो, सबैको राजनीतिक आस्था र विचार हुन्छ । त्यसैका आधारमा हामीले भोट हाल्ने हो । तैपनि, हामीले निर्वाचनमा उठेको पात्र, उसको पृष्ठभूमि र प्रवृत्ति पनि हेर्नुपर्छ । यस विषयमा हामी प्रायः मौन नै रहन्छौ र आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन तल्लीन रहन्छाँै ।  

अहिलेका निर्वाचनमा राजनीतिक दलले उठाएका उम्मेदवार हेर्दा यहाँ ‘गुन्डा नाइके’ देखि ‘लुटेरा’को आरोप लागेका व्यक्तिसम्म छन् । चाहे त्यो मैले समर्थन गर्ने पार्टीको होस् या तपार्इँको । वास्तवमा नीति निर्माण तहमा पुग्ने ती उम्मेदवार स्वच्छ छविका हुनुपथ्र्यो र हुनुपर्ने हो । तर, दलभित्र ‘दामवाला’को प्रभुत्व भएको वा अन्य कारण जे भए पनि इमानदार राजनीतिकर्मी ‘बलिका बोका’ भएका छन् भने ‘मनी’ र ‘मसल’वालाको बोलवाला भएको छन् । यो एउटा पार्टीमा मात्रै होइन सबै पार्टीमा भएको छ ।  त्यस्तै व्यक्तिलाई दलहरूले टिकट थमाएका छन् ।

यो समस्या पूर्वको भोजपुरदेखि हिमालपारिको जिल्ला मनाङसम्म जताजतै देखिएको छ । दल र उसको हारजितको विषयमा बहस गर्न समय खर्चिएका हामीले पात्र र प्रवृत्तिको बारेमा चाहिँ बहस गरेका छैनौ । सायद, जरुरी पनि ठानेका छैनौ । राजनीतिक दलले मुलुक बिगारे, नेता फटाहा भए भनेर गाली गर्ने हामी भोट हाल्ने दिन विवेक गुमाउन पुग्छौँ । मतदानबाहेकका अरू दिन सामाजिक संजालदेखि गफगाफसम्म रोइलो गर्ने हामी निर्वाचनमा उठेको पात्र र उसको प्रवृत्तिका बारेमा ख्यालै नगरी भोट हालिदिन्छौँं । त्यसैको असर निर्वाचनपछि देखिन्छ । हाम्रो रोइलो फेरि सुरु भइहाल्छ । 

निष्ठा, इमानदारी, दूरदृष्टि र जनताप्रतिको उत्तरदायित्व बोध भएको उम्मेदवार छान्न नसक्नुनै हाम्रो कमजोरी हो । हाम्रोलाई भोट हाल्ने नाममा राम्रो छुटेको चाहिँ पत्तै हुँदैन । किनभने हामीलाई पात्र र प्रवृत्तिप्रति मतलब छैन । पार्टीले छानेको उम्मेदवार भए भइगो । धेरैलाई त अझ अलिअलि ‘पकेट मनी’ दिने मान्छे भए भइगो ! एक दिन दिएको पकेट मनीका कारण रोजगारीको अभावमा ठूलो जाहाज चढेर विदेशिनु पर्छ भन्ने त हेक्कै नराख्ने पनि त हामी नै हौँ । हामीले भोट दिएको मान्छेले हाम्रा निम्ति के गर्छ ? उसले भाषणमात्रै मीठो गर्ने हो कि काम पनि गर्छ ? उसको स्वार्थ के छ ? उसको पृष्ठभूमि के हो ? भन्ने विषयमा बहस गर्ने र विचार पुर्याउनेतर्फ हाम्रो ध्यान कहिल्यै गएको छैन ।  

तर, यसपटकको निर्वाचनमा भने हामीले विवेक गुमाउनु हुँदैन । कम्तीमा उमेदवारको पात्र र प्रवृत्तिमाथि छलफल गरौँ । उसले दिने पकेट मनी होइन उसका योजना र नीति हेरौँ । निष्ठा, इमानदारी र हामीप्रति जिम्मेवार तथा उत्तरदायी उम्मेदवार हेरौँ । अराजकता, उग्रता र आफ्नो स्वार्थ सर्वोपरि ठान्नेलाई नचुनौ । हामीले विवेक पुर्याउँदा हाम्रो नेपाल र हामी नेपालीको हित हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०७४  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC