site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेस्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आजदेखि औपचारिक रूपमा एकीकृत कारोबार सुरु भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच नेपाली बिमाको इतिहासमा पहिलोपटक दुईवटा बिमा कम्पनी मर्जर भएर एकीकृत कारोबार सुरु भएको हो । 

दुई बिमा कम्पनीबीच मर्जर प्रक्रिया पूरा गरेर बिमा समितिले मर्जर स्वीकृति दिएसँगै एकीकृत कारोबार सुरु भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

एकीकृत कारोबारको शुभारम्भ बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरे । अध्यक्ष सिलवालले बिमा कम्पनीहरूमा अस्वस्थ प्रतिष्पर्धा तथा अहिले कामय रहेको बिमा कम्पनीको पुँजीले बढ्दै गएको दायित्व वहन गर्न नसक्ने भएकाले बिमा कम्पनीको मर्जर जरुरी भएको बताए ।

पछिल्लो समय बिमा कम्पनीहरूले दुई रुपैयाँमा बिमा गर्ने प्रवृत्ति बढेको बताए । अध्यक्ष सिलवालले बिमाकम्पनीले पोलिसी बेच्ने तर पोलिसी अनुसार दायित्व वहन गर्न नसक्दा सिंगै बिमाको बजार बद्नाम भएको तथा बिमा कम्पनी प्रतिको विश्वसनीयतामा कमी भएकाले बिमा क्षेत्रमा धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । 

Global Ime bank

हिमालयन र एभरेस्ट दुवै कम्पनीको गत असार २ गते सम्पन्न विशेष साधारण सभाबाट मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पारित भएका थिए । बिमा समितिले यी दुवै कम्पनीको मर्जरलाई गत असार ८ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुई संस्थाको मर्जर हुने अन्तिम दिनसम्म कायम रहने सम्पूर्ण सम्पत्ति र दायित्वहरू नयाँ बन्ने संस्था हिमालयन एभरेस्ट इन्स्योरेन्सले स्वीकार्ने गरी गत असार २३ गते स्वीकृति प्राप्त भएको थियो ।

दुवै बिमाकम्पनीबीच गत वैशाख २२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएकोमा एमओयूमा हस्ताक्षर भएको थियो । मर्जरपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement