site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपेन्द्र यादवले गरेको कारबाही खारेज गर्छौं, पार्टी पुनर्गठनमा जुटौँ : बाबुराम भट्टराई
Sarbottam CementSarbottam Cement

काठमाडौं । डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले गरेको कारबाहीको निर्णयलाई खारेज गरेका छन् । 

शुक्रबार राति फेसबुकबाट उनले यादव पक्षले स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा आफूसहितका केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

"हामी यस कारबाहीको घोर भत्सर्ना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौँ । यो परिस्थितिमा अब हाम्राे सामु पार्टी पुनर्गठनको विकल्प रहेन । तसर्थ, पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनु भएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेताकार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौँ," उनले भनेका छन् ।

यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको थियो । बैठकले केन्द्रीय कार्यकारिणी सदस्यहरू हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव र दुर्गा सोबलाई पनि पदमुक्त गरेको थियो ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  २२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय