site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मानवीय क्रुरताले नाङ्गिएको वन र बस्ती (फोटोफिचर)
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रकृतिमाथि जति आक्रमण गर्‍यो त्यति नै आक्रमण हामीलाई प्रकृतिले गर्छ । मानव समुदायले जति प्रकृतिको दोहन गर्छ, सजायस्वरुप प्राकृतिक विपद्का घटनाहरू बढ्दै जान्छन् । अर्थात् जब मानवता हराउँछ, तब प्रकृतिको स्वरुप पनि बदलिन्छ । प्राकृतिक स्रोतमाथिको दोहनले प्रकृति त कुरुप बन्छ नै साथमा हाम्रो समाज र समाजमा रहेका प्राणीहरूको पनि अस्तित्व सकिन्छ । 

मानिसले आफ्नो शारीरिक लाज छोप्न कपडा त लगाएका छन् तर प्रकृतिको अलौकिक गहना उतारेर प्रकृतिलाई नङ्गाइरहेका छन् । प्रकृतिमा रहेका मानिसले नै प्रकृतिलाई नष्ट गरिरहेका छन् । चुरे, नदीनाला, वन, वातावरणको दोहनका कारण अहिलेको समाज रङ हराएको समाजमा परिणत भएको छ । देशका मुख्य सहरको त कुरै छोडौं  गाउँका वन, जंगल पनि उजाड छन् । प्राकृतिक स्रोतको दोहनका कारण नै देशले अहिले जलवायु परिवर्तनजन्य विपद्को सामना गरिरहेको छ । प्राकृतिक स्रोतहरू मासिँदै छन् । काठमाडौं उपत्यकाको प्राकृतिक स्रोत झा मासिँदै छ । डाँडाकाँडा र वनजंगलहरूको समेत दोहन भइरहेको छ । 

ललितपुरको टिकाभैरव, नल्लु, देवीचौर र लेले क्षेत्रलाई यसको नमूनाका रुपमा लिन सकिन्छ । यहाँस्थित वनजंगलभित्र पनि ढुंगा खानी र क्रसर उद्योगले वन फँडानी हुँदा उजाड छन् । यहाँबाट उभिएर हेर्दा डाँडापाखा पहिरोले बगाएझैं विरक्त देखिन्छन् ।  बस्ती बाढीले बगाएको बगरजस्तो छ । वर्षौं अघिदेखि चल्दै आएका ढुंगा खानी र क्रसर उद्योगले यहाँको यस्तो हालत भएको हो । नीजि जग्गामा सञ्चालित खानी र क्रसरले पछिल्लो समय सीमा मिचेर खोला र जंगल मासेका छन् । ढुंगा खानी निजी जग्गा छोडेर जंगल पसेपछि अवस्था विकराल बनेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

खानीले खोतलेको पहाडमा पछिल्लो समय अनगिन्ती पहिरो जाँदा जंगल मासिएको छ । तर पनि स्थानीय सरकार भने मौन छ । सरकारको मौनताले नै बुझ्न सकिन्छ, कि देशका विभिन्न स्थानमा प्रकृतिमाथि कस्तो हस्तक्षेप भइरहेको छ ? 

Royal Enfield Island Ad

तस्बिर : न्युज एजेन्सी नेपाल
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro