site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अखिल क्रान्तिकारी विभाजित, पवन कार्की समूहले भदौमा राष्ट्रिय भेला गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) विभाजित बनेको छ । 

संगठनको पवन कार्की समूहले आगामी भदौमा राष्ट्रिय भेलाको आयोजना गर्ने घोषणा गरेको छ । उक्त समूहले कार्कीको संयोजकत्वमा १९९ सदस्यीय केन्द्रीय कमिटी पनि घोषणा गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साे समूहले आगामी भदौ ३० र ३१ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने जानकारी दिएको हो । 

संयोजक कार्कीले अनेरास्ववियू क्रान्तिकारीलाई सशक्त संगठन बनाउन, विद्यार्थी आन्दोलनलाई झनै क्रियाशील बनाउन, विद्यार्थीको हकअधिकार स्थापित गर्न राष्ट्रिय भेलाको आयोजना गर्न लागिएको बताए । 

Global Ime bank

पञ्चा सिंह नेतृत्वले विधानअनुरूपको कमिटी गठन गर्न नसकेको उनले आरोप लगाए । अध्यक्ष सिंहले संगठनमा कुनै छलफल र सल्लाह नै नगरी फेसबुकमार्फत कार्यसमिति सार्वजनिक गरेको कार्कीको आरोप छ । 

उनले राष्ट्रिय सम्मेलनमा आफूहरूले विधि र विधानको कुरा उठाउँदा उल्टै आफूहरूमाथि आक्रमण भएको पनि बताए । 

यही असार १८ गते काठमाडौंमा सम्पन्न भएको घोषणासभाले राजनीतिक, सांगठनिक र समसामयिक प्रस्ताव पारित गरेको छ ।

घोषणासभाले २२औँ राष्ट्रिय सम्मेलनबाट पारित विधान र प्रतिवेदनलाई अक्षरशः पालन गर्ने प्रण गर्दै सबै अवैधानिक समिति खारेज गर्दै विधानसम्मत समिति निर्माण गर्ने प्रतिबद्धता पनि गरेको जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement