site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रुसी सुन आयातमा प्रतिबन्ध लगाउने जी–७ राष्ट्रको घोषणा
Sarbottam CementSarbottam Cement

एल्माउ क्यासल, जर्मनी । संयुक्त राज्य अमेरिकाले आइतबार जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने बताएकाे छ ।

युक्रेनमा रुसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रुसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विटरमा लेखेका छन्, “जी–७ समूहले रुसी सुनको आयातमा प्रतिबन्धको घोषणा गर्नेछ । यो रुसको प्रमुख निर्यात हाे । रुसले अर्बौं डलर बराबरको सुन निर्यात गर्छ ।" 

सुरुमा बेलायतले यस उपायलाई अघि सारेपनि जी–७ सदस्यहरू क्यानाडा, जापान र संयुक्त राज्य अमेरिकाले यसलाई पछ्याएका छन् ।

Global Ime bank

जर्मनीमा शिखर सम्मेलन आयोजना गरिरहेको जी–७ समूह अन्तर्गतका अन्य सदस्यले पनि मंगलबार यस विषयलाई औपचारिकता दिने एक वरिष्ठ अमेरिकी अधिकारीले बताए ।

ह्वाइट हाउसका अनुसार सन् २०२० मा सबै सुन निर्यातको लगभग पाँच प्रतिशत र रुसको उत्पादनको ९० प्रतिशत जी–७ राष्ट्रहरूमा थियो । यसमध्ये पनि सबैभन्दा बढी बेलायतमा गएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  २१:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय