site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टीले टिकट दिए प्रत्यक्ष चुनाव लड्छु, अब पूर्णकालीन राजनीतिमा लागेँ : विनोद चौधरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले आफूले नवलपुरबाट प्रत्यक्ष चुनाव लड्ने तयारी गरेको बताए । शुक्रबार काठमाडौंमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले दुईपटक समानुपातिक सांसद बनिसकेको भन्दै पार्टीले चाहे आफू प्रत्यक्ष चुनाव लड्ने बताए । वडाबाट महाधिवेशन प्रतिनिधिका लागि लडेर केन्द्रीय समितिमा पुगेको भन्दै उनले प्रत्यक्ष चुनावमा लड्ने मनसाय राखेको बताए ।

"ग्रासरुटबाट लडेर आएको छु । केन्द्रीय समितिमा पुग्ने भनेको प्रत्यक्ष राजनीतिमा आउनलाई हो," उनले भने," पार्टीले अवसर दिनुपर्छ र दिन्छ भन्ने आश छ । पार्टीको निर्णय अन्तिम हुन्छ । पार्टीको निर्णय मान्य हुन्छ ।"

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफू अब पूर्णकालीन राजनीतिमा लागेको पनि बताए । बाँकी जीवन कांग्रेसको राजनीतिमा बिताउने भन्दै उनले अब पार्टी परिवर्तनतर्फ आफ्नो सोच नभएको बताए ।

"अब बाँकी जीवन कांग्रेसमा बिताउँछु । पार्टी र राज्यलाई केही ग्न नसके घरमा विश्राम लिन्छु । तर, संघर्ष  भने गर्न छाड्दिनँ," उनले भने ।

Global Ime bank

नेता चौधरीले वर्तमान राज्यसंरचनाले विकास पनि प्रगतिशील बनेको भन्दै विकेन्द्रीकरण सकारात्मक परिवर्तन ल्याएको पनि बताए । स्थानीय तहमा काम गर्ने साधन स्रोत प्रशस्त भएको भन्दै राजनीति गर्नेहरू स्थानीय सरकारप्रति धेरै सकारात्मक भएर चुनाव लडेको जिकिर गरे । 

उनले नेपालको परराष्ट्र सम्बधलाई राज्यको आर्थिक लाभ र हानीको पक्षबाट पनि विचार विश्लेषण गर्नुपर्ने धारणा राखे ।

उनले नेपाल बाहिर रहेका आम नेपालीहरूलाई मतदान प्रक्रियामा भाग लिने वातावरण मिलाउनुपर्ने पनि बताए । दुई वर्ष अघिनै सर्वोच्च अदालतले दिएको आदेश दिएको कार्यान्वयन नभएकोमा चौधरीले आपत्ति जनाए ।

"५० लाख मध्ये आधा नेपाली उतैको बसोबास गर्न थाले भनेपनि २५ लाख जनतलाई मतदान प्रक्रियामा भाग लिन पाउनुपर्छ," उनले भने, "यसले राज्यप्रति उत्तरदायी जनतालाई बनाउँछ । किन सर्वोच्चले दिएको आदेश लागु नगरेको ? उनीहरूलाई अधिकार दिनुपर्छ ।"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement